छालाको हेरचाह कसरी गर्ने ? « Khabarhub

छालाको हेरचाह कसरी गर्ने ?


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुन्दर अनुहार हामी सबैलाई मनपर्छ। त्यसैले सुन्दर र आकर्षक हुने चाहना राख्नु मानिसको स्वभाव नै हो। त्यसैले हामी हजारौं पैसा खर्च गरेर मेकअपका सामग्रीको प्रयोग गर्ने गर्छौँ । तर समय अनुसार सही तरिकाले मेकअप गर्न जानिएन भने अनुहार झनै कुरूप हुनसक्छ। काठमाडौंलगायतका सहरी क्षेत्रमा हुने धूलो धुवाँले छालालाई नकारात्मक असर पारिरहेकै हुन्छ। त्यसैले छालाको सौन्दर्य कायम राख्न ध्यान दिनुपर्छ। मौसम अनुसार अनुहारको स्याहार तथा मेकअप गर्नुपर्ने हुन्छ। सुख्खा छाला हुँदा हामीले कसरी छालाको केयर गर्ने ? यसै विषयमा आधारित भएर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. एलिसा भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश :

किन छाला सुख्खा हुन्छ ?
चिसो बढ्दै जाँदा छाला सुख्खा हुँदै जाने हुन्छ । यसका साथै वातावरणमा भएको धुलो धुवाँले छालालाई बुढो बनाउने सम्भावना हुन्छ। केयर नै गर्दा पनि हाम्रो छालामा धेरै समस्या देखा पर्छन्। बजारमा आएका सामान सबै राम्रा हुन्छन् भन्ने हुँदैन। त्यसैले सामान्यतया बिहान बेलुका फेसवास गर्ने, धेरै नै सुख्खा छ भने बिहान फेसवास नलगाउँदा हुन्छ। छालाका लागि लोसन अनिवार्य लगाउनु पर्दछ। दिनभर हामीले मेकअप गर्ने हुँदा विभिन्न प्रकारका क्रिम लगाउँछौँ। मेकअप सामग्रीले छालामा फ्री एरिकल उत्पादन गरेको हुन्छ। त्यो फ्री एरिकलले छालालाई चाँडो बुढो बनाउने हुन्छ।

छाला कति प्रकारका हुन्छन् ?
छाला पाँच प्रकारको हुन्छ। कसैको सामान्य छाला, ओइली छाला, मिक्स छाला, संवेदनशील छाला हुन्छ। छालाको प्रकार वातावरण अनुसार हुन्छ। एलर्जी हुनसक्ने छाला भनेको ड्राई छाला हुन्छ। त्यसैले आफ्नो छालाको प्रकार हेरेर सामग्रीको प्रयोग गर्न सकिन्छ।

घरैमा आफ्नो छालाको प्रकार कसरी पत्ता लगाउने ?
यसमा सबै भन्दा पहिला आफ्नो छाला कस्तो भनेर पत्ता लगाउन फेसवास गर्ने र चार घण्टासम्म केही नलगाई बस्नुपर्छ । यसो गर्दा निधार, नाक र चिउँडोको भागमा हल्का साइनिङ र छेउछेउमा सुख्खा देखियो भने त्यो छालालाई सामान्य र मिक्स भनिन्छ । फेसवास गरेको चार घण्टापछि सुख्खा भयो भने त्यसलाई सुख्खा छाला भनिन्छ । फेसवास गरेको चार घण्टापछि गालाको भाग टल्किरहेको छ भने त्यसलाई ओइली स्किन भनिन्छ ।

हामीले बिहानदेखि बेलुकासम्म आफ्नो छालको कसरी हेरचाह गर्ने ?
सबै भन्दा पहिला हामीले बिहानको रुटिन र बेलुकाको रुटिन भनेर छुट्टाउनुपर्छ । बिहानको रुटिन गर्नु पूर्व ड्राइ स्क्रिन छ भने फेसवास गर्दा पानीले मात्र पखाल्दा हुन्छ, ओइली र नर्मल स्किन छ भने (जेन्टल क्लिजिङहरु) प्रयोग गर्न सकिन्छ। सुख्खा मौसममा स्किन सुख्खा हुने सम्भावना धेरै हुन्छ। जेन्टल क्लिजिङहरु प्रयोग गर्ने र भिटामिन सी प्रयोग गर्दा हुन्छ। त्यसले हामीलाई धुलो धुँवा फोहोरबाट बचाउँछ। यसले घामबाट पनि बचाउँछ। एउटा सेरम लगाउँदा राम्रो हुन्छ । सेरम लगाएपछि सुख्खा छाला छ भने बीचमा लोसन प्रयोग गर्नुपर्छ। एकदमै सुख्खा छाला छ भने क्रिम फर्मको सनक्रिम लगाउँदा राम्रो हुन्छ। त्यो पनि एसपी एफ ३० भन्दा माथिको लगाउने गर्नुपर्छ। जाडोमा पनि ओइली छाला छ भने भिटामिन सी सेरम प्रयोग गरेपछि पनि लोसन नलगाई जेल फ्रमको सन् क्रिम लगाउँदा राम्रो हुन्छ।

छालाको कस्तो समस्यामा अस्पतालमा नै गएर चिकित्सकलाई देखाउनुपर्छ ?
यसमा सेरमहरु आफै किनेर प्रयोग गर्दा थोरैबाट सुरु गर्नु राम्रो हो । सुरुमा हप्ताको एक दुई दिन प्रयोग गरेर हेर्नुपर्छ । यसरी लगाउँदा लगाउँदै पनि कसैलाई एलर्जी हुनसक्छ। चिलाउने, खटिरा आउने रातो हुने हुनसक्छ। यस्तो भयो भने आफैले औषधि किन्नु भन्दा छाला रोग विशेषज्ञलाई सोधेर नै लगाउँदा राम्रो हुन्छ।

स्वस्थ छालाको लागि कस्तो खाना खाने ?
स्वस्थ छालाको लागि ब्यालेन्स डाइट खाने, कार्बोहाइडेट, प्रोटिन, माछा मासु खाने, शाहाकारी हो भने सागपात प्रशस्त खाने गर्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने गर्नु पर्दछ। व्यायामहरु नियमित रूपमा गर्ने गर्नुपर्छ ।

धेरै मेक्अपको प्रोडक लगाएर छाला राम्रो हुने हो ?
हामीले धेरै प्रोडक्ट लगाएर छाला राम्रो हुने होइन। कसरी लगाउने तरिका र दिनहुँ रुटिन बनाएर फेस सफा गर्नु राम्रो हुन्छ। छालामा कुनै समस्या आयो भने त्यसको आज औषधि लगाएर भोलि नै निको हुन्छ भनेर सोच्नु हुँदैन। एउटा औषधिले काम गर्न २८ दिन लाग्छ, त्यसैले दिनहुँ लगाउने धैर्यता राख्नुपर्छ। छालामा कुनै समस्या आयो भने सिधा फार्मेसिमा गएर औषधि लगाउनु भन्दा छाला रोग विशेषज्ञलाई सोधेर र छाला जाँच गरेर प्रयोग गर्दा राम्रो हुन्छ।

मेकअप प्रोडक्ट कसरी लगाउने ?
छालामा बिमिरा आउँछ भने फेसवास गर्ने र त्यसको औषधि लगाउने गर्नुपर्छ। त्यसपछि मात्र सेरम लगाउनु राम्रो हुन्छ। त्यसपछि लोसन लगाउने र पछि सनक्रिम लगाउने गर्दा राम्रो हुन्छ। त्यसपछि मात्र आफ्नो मेकअपको सामग्री लगाउन सकिन्छ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : १२ बजे

आजदेखि ‘सुदूरपश्चिम कचहरी’ सुरु हुँदै

कैलाली– कैलालीको धनगढीमा आजदेखि ‘सुदूरपश्चिम कचहरी २०८३’ सुरु हुँदै छ

गर्मीका कारण बिहानी सत्रमा कक्षा सञ्चालन

कञ्चनपुर– अत्यधिक गर्मीका कारण कञ्चनपुरका दुई स्थानीय तहले विद्यालय सञ्चालनको

नेपाल–बङ्गलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’

काठमाडौँ– बङ्गलादेशस्थित नेपाली राजदूतावासले बङ्गलादेश–नेपाल फ्रेन्डसिप सोसाइटीसँगको सहकार्यमा ढाकास्थित बङ्गलादेश

नेपालमै पहिलोपटक हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकामा नेपालमै पहिलोपटक खाना पकाउने प्रयोजनका लागि

ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक कारबाहीमा एकै दिन