इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमणको तयारी, सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ | Khabarhub Khabarhub

इजरायलद्वारा गाजा क्षेत्रमा भीषण आक्रमणको तयारी, सीमा क्षेत्रमा थप ४ बटालियन सैनिक तैनाथ


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायलको सुरक्षा परिषदले लडाकु समूहहरु हमास र प्यालेस्टाइनी इस्लामिक जिहादविरुद्धको युद्धलाई आक्रमणको चरणमा लैजाने निर्णय गरेको छ ।

परिषदले आइतबार ‘अपरेसन स्वर्ड्स अफ आइरन’ नामक सुरक्षा कारवाहीलाई आक्रमणको चरणमा लैजान र ‘हमास र प्यालेस्टाइनी इस्लामिक जिहाद समूहको सैन्य एवम् शासन गर्ने क्षमतालाई ध्वस्त पार्ने अभियान’ का लागि तयारी गर्न इजरायली रक्षा बललाई निर्देशनसमेत दिएको छ ।

‘निर्दयी हमासको आक्रमणसँगै हामी लामो र कठिन युद्धको अवस्थामा छौँ ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई उद्धृत गर्दै इजरायली सञ्चार माध्यमले जनाएका छन्, ‘हामीले इजरायली नागरिकको सुरक्षाको पुनस्थापना गर्नेछौँ र हामी जित्नेछौँ ।’

आफ्नो भूभागमा घुसपैठ गरेका दुश्मन लडाकुलाई ध्वस्त पार्ने यस युद्धको पहिलो चरण सकिएको उनको भनाइ छ । यससँगै आक्रमणको चरण सुरु भएको उनको भनाइ छ ।

आक्रमणका लागि चार बटालियन जगेडा सैनिकलाई गाजासँगको सीमा क्षेत्रमा तैनाथ गरिने इजरायली सेनाले जनाएको छ । यसअघि सो क्षेत्रमा ३५ बटालियन सैनिक तैनाथ छन् ।

यससँगै परिषदले गाजा क्षेत्रमा विद्युत, इन्धन र अन्य वस्तुको आपूर्ति तत्काल रोक्ने निर्णयसमेत गरेको छ । शनिबारबाट प्यालेस्टाइनी लडाकु समूहले आक्रमण गरेसँगै इजरायलले यस्तो निर्णय गरेको हो । उक्त आक्रमणमा हालसम्म ३५० जना इजरायली नागरिकको मृत्यु भइसकेको र अरु १८ सय जना घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ४ : १५ बजे

म्याजिक भ्यानको ठक्करबाट अटोचालकको मृत्यु

नेपालगञ्ज – बाँकेको कोहलपुरमा आज एउटा म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर

ओलीसँग कांग्रेसको गठबन्धन ‘सुसाइड’ नै हो

काठमाडौं– अध्येता एवं अनुसन्धानकर्ता शंकर तिवारीलाई मानिसहरुले नेपाली कांग्रेसका युवा

डोल्पामा आगामी जेठ पहिलो सातादेखि यार्सागुम्बा सङ्कलन

डोल्पा – डोल्पामा आगामी जेठ ५ गतेदेखि यार्सागुम्बा सङ्कलनको अनुमति

स्रोत नखुलेको ९५ लाख भन्दा धेरै नगदसहित चार जना पक्राउ

काठमाडौं – प्रहरीले स्रोत नखुलेको रकम सहित चार जनालाई पक्राउ

झापा सवारी दुर्घटना : ९ महिनामा ७० जनाको मृत्यु

झापा – झापामा नौ महिनामा दुर्घटनामा परी ७० जनाको मृत्यु