जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन « Khabarhub

जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुपथ मूल्य पसल सञ्चालन गरेको छ । दसैँलगायत चाडबाडलाई लक्षित गरी जुम्लाका स्थानीयलाई सहुलियतमा चामल बिक्री गर्न आजदेखि सुपथ पसल सञ्चालन भएको हो । 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार जुम्लामा एक हजार दुई सय क्विन्टल चामल मौज्दात छ । यस वर्षको दसैँका लागि उक्त परिमाणको चामल पर्याप्त हुने बताइएको छ । हाल कम्पनीको गोदाममा दसैँका लागि एक हजार दुई सय, जुम्ला कारागारका लागि दुई सय ८० क्विन्टल छुट्याइएको छ ।

सम्बन्धित वडा कार्यालयको सिफारिसमा उक्त कार्यालयले चामल बिक्री गर्नेछ । जिल्लाको  वार्षिक कोटा पाँच हजार पाँच सय क्विन्टल रहेको छ भने हालसम्म एक हजार तीन सय २० क्विन्टल चामल भण्डारण गरिएको छ । उक्त कार्यालयका अनुसार थप चार हजार एक सय ८० क्विन्टल चामल प्राप्त हुन बाँकी छ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : १९ बजे

घाग्रा खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा वृद्धको मृत्यु

झापा – झापाको बिर्तामोड नगरपालिका-२ स्थित घाग्रा खोलामा विद्युतीय करेन्ट

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी