यामाहा FZ FI V3 Standard : ३,७९,९०० मा | Khabarhub Khabarhub

यामाहा FZ FI V3 Standard : ३,७९,९०० मा


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा यामाहा मोटरसाइकल र स्कुटरको एकमात्र वितरक एमएडब्लु इन्टरप्राइजेजले ३.७९९ लाखमा उपलब्ध हुनेगरि यामाहा एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड प्रस्तुत गर्न पाउँदा आफू गौरवान्वित भएको जनाएको छ ।

यो मोटरसाइकल यामाहा प्लेटफर्ममा निर्बाध रूपमा तीनवटा मुख्य विशेषताहरू प्रदर्शन गर्दै जोडिएको छ । याे ट्राइड, टेस्टेड र ट्रस्टेड एफआई इन्जिन, नवीनतम डबल डिस्क र उन्नत BS6 इन्जिन टेक्नोलोजी एफजेड एफआई भीथ्री स्ट्यान्डर्डले कार्यसम्पादनका मापदण्डहरू मात्र पुनर्परिभाषा गर्दैन बरू कुनै पनि सुविधाहरुमा सम्झौता नगरी किफायतीपनलाई आफ्नो शीर्ष प्राथमिकतामा राख्छ । 

यो विशेष मोटरसाइकल कालो र निलो आकर्षक नयाँ रङहरूमा उपलब्ध छ । एफजेड एफआई भीथ्री स्ट्यान्डर्ड यामाहाको उत्कृष्ट रेसिङ सम्पदाबाट प्रेरित आफ्नो आकर्षक स्पोर्टी डिजाइनमा गर्व गर्दछ ।

एक बलियो १४९ सिसि एयर-कूल्ड फोर-स्ट्रोक सिंगल-सिलिन्डर ब्लूकोर इन्जिनद्वारा सञ्चालित र सावधानीपूर्वक परिष्कृत यसले असाधारण मध्यम रेन्जको पावर र उल्लेखनीय रूपमा मुलायम प्रवेग उत्पन्न गराउँछ ।

यो इन्धन इन्जेक्टेड इन्जिन शक्तिशाली मात्र नभई अति प्रभावकारी पनि छ, जसले औसत ४५-५० किमी प्रति लिटरको माइलेज प्रदान गर्दछ । ट्याकोमिटर, ओडोमिटर, सिंगल ट्रिप मिटर, फ्युल इन्डिकेटर, स्पीडोमिटरइको ल्याम्प सहितको सूचनात्मक डिजिटल मिटर सहित राइडर-केन्द्रित टेक्नोलोजीहरूले सुसज्जित यो मोटरसाइकलले सूचित र आकर्षक सवारी अनुभवको सुनिश्चितता प्रदान गर्दछ ।

यसका सस्पेन्सन ड्युटीहरु अगाडि ४१ एमएम टेलिस्कोपिक सस्पेन्सन र पछाडि ७(स्टेप एडजस्टेबल मोनोक्रस सस्पेन्सन सेटअपद्वारा कुशलतापूर्वक व्यवस्थित गरिएको छ जसले आरामदायी र नियन्त्रित सवारीको ग्यारेन्टी दिन्छ । सुरक्षा सर्वोपरि छ, यसर्थ एफजेड एफआई भीथ्री स्ट्यान्डर्डमा डुअल डिस्क ब्रेकिङ प्रणाली रहेको छ जसले उत्कृष्ट ब्रेकिङ क्षमताहरू प्रदान गर्दछ र राइडर नियन्त्रण बढाउँदै विभिन्न सवारी परिदृश्यहरूमा सुरक्षाको दायरा बढाउँछ ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ७ : ३५ बजे

माधव नेपाल भन्छन् : वैज्ञानिक समाजवादलाई जनताको जीवन पद्धतिमा उतार्नुपर्छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने

अनमोल, आँचल र जसीता स्टारर ‘जेरी अन टप’टिजर रिलिज

काठमाडौं – असोज ३१ गतेबाट प्रदर्शनमा आउने वर्ष २०८२ को

स्थानीय तह स्वमूल्यांकन : काभ्रेमा नमोबुद्ध उत्कृष्ट

काभ्रे – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याकंन (लिजा) मा जिल्लाका