बुटवलमा फोटोनको नयाँ शोरुम सञ्चालनमा « Khabarhub

बुटवलमा फोटोनको नयाँ शोरुम सञ्चालनमा


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

बुटवल- बुटवलमा फोटोन गाडीको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेइकल प्रालिले नयाँ शोरुम सञ्चालनमा ल्याएको छ ।

बुटवल र आसपासका क्षेत्रमा फोटोन गाडी बिक्री गर्न कम्पनीले सिद्धार्थ इन्टरकिन्टनेन्टल प्रालीमार्फत तीन शोरुम नेटवर्क सञ्चलनमा ल्याएको हो । नयाँ शोरुमबाट ग्राहकहरुले सेल्स, सर्विस र पार्ट्सको सम्पूर्ण सुविधा लिन सक्ने कम्पनीले जनाएको छ । असोज १९ गते एक कार्यक्रमको आयोजना गरी शोरुमको औपचारिक उद्घाटन गरिएको छ ।

नयाँ शोरुमबाट विक्री र विक्री पछिको सम्पूर्ण सेवा उपलब्ध हुनेछन् । यो क्षेत्रमा फोटोनको अत्याधुनिक र सुविधा सम्पन्न शोरुम संचालनमा आएपछि ग्राहकलाई गाडी किन्न र बिक्रीपछिको सेवा पाउन सहज हुने कम्पनीको विश्वास छ ।

नयाँ शोरुममा नेपाली बजारमा उपलब्ध रहेका फोटन गाडीका सबै मोडल उपलब्ध हुनेछन् । हाल बजारमा कम्बसन इन्जिन जडित र विद्युतीय दुवै सेग्मेन्टका फोटोन गाडीहरु उपलब्ध छन् । विद्युतीय गाडीमा प्यासेन्जर भ्यान, कार्गो भ्यान र मिनी ईभी ट्रक ुटीएम १ु लोकप्रिय मोडल हुन् । टीएम १ लाई कम्पनीले देशका विभिन्न सडकहरुमा परीक्षण गरी सफल भएपछि हालै सम्पन्न नाडा अटो शोमा सार्वजनिक गरेको थियो ।

 

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ८ : १५ बजे

‘कांग्रेसले जिम्मेवार र परिपक्व भूमिका निर्वाह गर्छ’

जनकपुरधाम- नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री विमलेन्द्र निधिले वर्तमान राजनीतिक

भक्तपुरमा ७ हजार रुपैयाँमा ग्यास बेच्ने किराना पसल सञ्चालक पक्राउ

भक्तपुर– भक्तपुरमा खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा प्रहरीले

वामपन्थीहरुलाई एकै ठाउँमा ल्याउने प्रयासमा छौँ : वर्षमान

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’

जुम्लामा ४८ करोड राजस्व संकलन

जुम्ला– आन्तरिक राजस्व कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३ मा

ग्यास अभाव झेलिरहेका पत्रकारलाई जब मन्त्रीको फोन आयो…

काठमाडौं – ग्यास अभावका कारण केही दिनदेखि हैरानी खेपिरहेका पत्रकार