सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा ओलीको जोड « Khabarhub

सुदूरपश्चिममा सर्वसम्मत नेतृत्व चयन हुनपर्नेमा ओलीको जोड


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सुदूरपश्चिम प्रदेश अधिवेशनले नेतृत्व चयनमा नयाँ सन्देश दिनसक्नुपर्ने बताएका छन् ।

नेकपा एमालेको आज धनगढीमा शुरु भएको पहिलो प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गर्न पार्टीका प्रतिनिधिलाई निर्देशन दिए।

नेतृत्वले गर्ने मूल्याङ्कन नमानेर आफ्नो आफै मूल्याङकन गर्ने प्रवृत्ति अनुपयुक्त भएको तर्क गर्दै अध्यक्ष ओलीले भने,“कुनै पूर्वाग्रह नराखी प्रदेशको नेतृत्व चयनमा खटिन पार्टीका नेतालाई आग्रह गर्छु ।”

पार्टीकाविरुद्ध चौतर्फी हमला भइरहेकाले त्यसलाई पराजित गर्न दृढताका साथ नेता तथा कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिँदै उनले सभ्य, सालिन र शान्तिपूर्ण समाज निर्माणका लागि योगदान गर्न आह्वान गरे ।

महासचिव शङ्कर पोखरेलले एमालेलाई पहिलो राष्ट्रिय शक्तिको रुपमा स्थापित गर्दै ‘समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ पार्टीका सबै सदस्य लाग्नुपर्ने बताए।

पार्टीका सचिवद्वय लेखराज भट्ट र छविलाल विश्वकर्मा,संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टी शुद्धीकरण एवं सुदृढीकरणमा आम कार्यकता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : १५ बजे

पूर्वअर्थमन्त्री पौडेलविरुद्ध ६ दिन म्याद थप

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्ध ६ दिन

राष्ट्रियसभामा नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि छलफल प्रारम्भ

काठमाडौं- राष्ट्रियसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत नौ मन्त्रालयका विनियोजन शीर्षकमाथि

कर्णालीमा गाडी दुर्घटना : भिरमा अड्किएको शव निकाल्ने प्रयास, बेपत्ताको खोजी जारी

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको फोर्स गाडी

ज्ञानेन्द्र शाहीले भने- देशको प्रधानमन्त्रीले हचुवाका भरमा हैन, तथ्य र प्रमाणमा टेकेर बोल्नुपर्‍यो 

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

भारत भ्रमणमा जापानी प्रधानमन्त्री ताकाइची, सेमिकन्डक्टर, एआई र इन्डो–प्यासिफिक सहकार्यमा वार्ता हुने

काठमाडौं- जापानकी प्रधानमन्त्री सनाए ताकाइची तीनदिने औपचारिक भ्रमणका लागि बुधबार भारतको