अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री « Khabarhub

अमेरिकाले इजराइललाई नयाँ सैन्य सहयोग दिने सम्भावना छ : अमेरिकी विदेशमन्त्री


२१ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – हमासको आक्रमणपछि अमेरिकाले इजराइलका लागि आइतबार नयाँ सैन्य सहयोगको घोषणा गर्ने सम्भावना रहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले बताएका छन् । अमेरिका इजराइलका लागि निकट सहयोगी र हातहतियारको प्रमुख आपूर्तिकर्ता हो ।

“इजराइलले गरेको विशेष अतिरिक्त आग्रहलाई हामीले हेरिरहेका छौँ, मेरो विचारमा आज यसबारेमा तपाईँले अझ धेरै थाहा पाउनुहुनेछ”, ब्लिङ्केनले सीएनएनसँग भने, “हमासबाट भएको इजराइलमाथि आक्रमणहरूको सामना गर्न यो क्षणमा आवश्यक पर्ने सबै कुरा उपलब्ध गराउँछौँ भन्ने सुनिश्चित गर्नु राष्ट्रपति (जो बाइडेन)को निर्देशन थियो ।”

दशकौँमा भएको पछिल्लो सङ्घर्षमा इजराइली पक्षमा छ सयभन्दा बढीको मृत्यु भएको सरकारी प्रेस कार्यालयले जनाएको छ । त्यस्तै कम्तीमा गाजामा कम्तीमा तीन सय ७० मारिएको गाजा अधिकारीहरूले जनाएका छन् । सङ्घर्षमा दुवै पक्षका गरी हजारौँ घाइते भएका छन् ।

“धेरै अमेरिकी मारिएको हामीलाई रिपोर्ट प्राप्त भएको छ, हामी त्यसको पुष्टि गर्न अथक काम गरिरहेका छौँ, साथै अमेरिकीहरू हराएको पनि समाचार छ, हामी त्यसको पुष्टि गर्न काम गरिरहेका छौँ”, विदेशमन्त्री ब्लिङ्केनले भने ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : ५७ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः