मुगुमा सुपथ मूल्य पसल सञ्चालन « Khabarhub

मुगुमा सुपथ मूल्य पसल सञ्चालन


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मुगु– खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुले सुपथ छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरेको छ । 

नेपालीहरुको चाड दशैँ, तिहार र छड पर्वलाई लक्षित गर्दै खाद्य कम्पनी मुगुले आइतबारदेखि चामलमा प्रतिकिलो ७ रुपैयाँका दरले छुट दिई बिक्री गर्न सुरु गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्कीले सुपथ मूल्य पसलको उद्घाटन गर्दै छुट मूल्यमा चामल तथा दाल बिक्री गर्न सुरु गरिएको हो । 

उद्घाटन कार्यक्रममा बोल्दै समन्वय प्रमुख कार्कीले सरकारले चाडपर्वमा कोही नेपालीले खाद्यान्न नपाएर खल्लो पर्व मनाउनु नपरोस् र बजारमा भएको चामल चर्को मूल्य तिरेर उपभोग गर्दे आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि बजारमा भएको मूल्यवृद्धिलाई पनि नियन्त्रण गर्ने अपेक्षा गरे ।

कम्पनीले मुगुमा हालका लागि ३ प्रकारका चामल बिक्री गर्नेछ । चाडपर्वलाई लक्षित गरी मुगु शाखाले १५ सय क्विन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्नेछ । कम्पनीले मंसिर ३ गतेसम्म सहुलियत मूल्यमा छुट दिने मुगु शाखाका कार्यालय प्रमुख पुस्कर भामले जानकारी गराए । 

उद्घाटन कार्यक्रममा प्रमुख कार्कीले सेवाग्राही छायानाथ रारा नगरपालिका-१३ रुगाका इन्द्रजित लावडलाई छुट मूल्यका चामल वितरण गरेका थिए । चर्को मूल्य हालेर उपभोग गर्दै आएका मुगुका नागरिकले यो पसल सञ्चालन गरेपछि केही राहत महसुस छन् । एक सय रुपैयाँ बचत भए पनि नुन तेल उपभोग गर्न सघाउ पुग्ने छायानाथ रारा नगरपालिकाका १३ का खुम्मेनी कामीले बताइन् । 

बजारको २ हजार देखि २५ सयसम्म महँगो चामल खाएर गुजारा चलाएका मुगुका नागरिकहरूमा सहुलियत मूल्यको पसल सञ्चालनमा आएपछि खुसी देखिएको ७० वर्षिया ज्येष्ठ नागरिक हरिसिंह कामीले बताए ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  २ : ११ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना