इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह « Khabarhub

इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा जारी युद्धमा परी मृतक भएका नेपालीको शव र घाइतेहरूको यथाशीघ्र उद्धार गरी नेपाल ल्याउनु पर्ने बताएका छन् ।

प्यालेस्टाइनी समूह हमासद्वारा इजरायलमा गरेको आक्रमणमा परी १० नेपालीको ज्यान गएपछि एमाले अध्यक्ष ओलीले सरकारसँग मृतकको शव र घाइतेहरूको उद्धार गर्न आग्रह गरेका हुन्।

ओलीले भनेका छन- ‘नेपालबाट ‘लर्न एन्ड अर्न’ योजनामा इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका नेपाली विद्यार्थीको आक्रमणमा परी ज्यान गयो, दशैँको मुखमा सन्तान गुमाउनुको पीडा भोग्नु भएका परिवार र आफन्तजनलाई सम्हालिन कठिन भएको छ, हामी सबै शोकमा छौं,’ ओलीले भनेका छन्, ‘घाइतेको तत्काल उद्धार गर्न, बन्धक बनाइएकाहरूको रिहाइ र मृतकको शव ल्याउने यथाशीघ्र प्रबन्ध गर्न सरकारको ध्यान जाओस्। ज्यान गुमाएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली,  परिवारजनमा समवेदना।’

इजरायलमाथी अतिवादी समुह हमासले अचानक गरेको आक्रमणमा सयौँको ज्यान गएको छ भने दुवै पक्षबीच भिडन्त जारी छ ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ३ : १७ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट