बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य | Khabarhub Khabarhub

बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य


२२ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा सञ्चालनमा रहेका बालसुधार गृहको भौतिक पूर्वाधार र व्यवस्थापनको अवस्था अत्यन्त दयनीय रहेको बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा मन्त्री आचार्यले राज्यको सीमित स्रोत र साधनले बालगृहको सहज व्यवस्थापनमा चुनौती खडा भएको उल्लेख गरे । 

मन्त्री आचार्यले भने, ‘बालगृहको अवस्था उकुसमुकुस र दयनीय छ, साधन र स्रोत सीमित छ, राज्य गम्भीर भएर सोच्नुपर्ने अवस्था छ ।’ विगतमा गरेको गल्ती महसुस गर्दै सुधारको बाटोबाट लैजाने र असल नागरिक निर्माण गर्ने हेतुले सञ्चालन गरिएका बालसुधार गृहमा भौतिक पूर्वाधार र व्यवस्थापन चुस्त हुन नसक्दा बालबालिका एउटै खाटमा बस्ने, सुत्ने र खेल्नुपर्ने अवस्था देखिएको उनको भनाइ छ । 

बालसुधार गृहको अवस्थाले सबैलाई लज्जाबोध सिर्जना गरेको बताउँदै मन्त्री आचार्यले न्यूनतम पूर्वाधारको अभावमा त्यहाँ रहेका बालबालिका शौचालय जानसमेत लाइन बस्ने बाध्यात्मक परिस्थिति रहेको जानकारी दिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव सुमनराज अर्यालले मुलुकका आठ स्थानमा सञ्चालनमा रहेका सुधार गृहको कमजोर भौतिक पूर्वाधारका कारण क्षमताभन्दा दोब्बर बढी सङ्ख्यामा बालबालिका राख्न बाध्य भएको बताए । 

उनले युसेफ नामक गैरसरकारी संस्थाको सञ्चालनमा भक्तपुर, मोरङ, कास्की र बाँके र सरकारी स्वामित्वमा डोटी, पर्सा, मकवानपुर र रूपन्देहीमा सुधार गृह सञ्चालन भइरहेको बताए। 

गैरसरकारी संस्थाको सञ्चालनमा रहेका सुधार गृहको क्षमता तीन ४० रहेकामा हाल सात सय ९९ जना राखिएको छ भने सरकारी व्यवस्थापनमा सञ्चालनमा रहेका सुधारगृहको क्षमता एक सय ६५ रहेकामा हाल तीन सय ४४ बालबालिका छन् । बालगृहमा एक सय ४१ जना १८ वर्ष उमेर नाघेका नागरिक छन् । 

बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत गैरसरकारी संस्था सिविन नेपालका प्रतिनिधि सागर भण्डारीले बालसुधार गृह भनिए पनि त्यहाँ भौतिक पूर्वाधार, बसोबास र खानपिनको अवस्था निकै कमजोर र चुनौतीपूर्ण रहेको बताए। 

बैठकमा सदस्यहरूले सुधार गृहको व्यवस्थापन कमजोर रहेका कारण बस्ने र खाना खाने स्थान निकै साँघुरो एवं सरसफाइका दृष्टिकोणबाट समेत चुनौतीपूर्ण देखिएकाले तत्काल सुधारका कदम चाल्न सरकारलाई सुझाव दिएका थिए । 

समितिले केही समय अघि बालसुधार गृहमा भएको तोडफोड र झडपको घटनापछि अनुगमन गरी छलफलका लागि मन्त्रालयका पदाधिकारीलाई आमन्त्रण गरेको हो ।

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ४ : ४२ बजे

भीमदत्त नगरपालिकाका कांग्रेस सभापति कलौनी मृत फेला

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति अच्युत कलौनी मृत भेटिएका

तराईसँग जोडियो ढोरपाटन, बागलुङवासीका लागि अवसर

बागलुङ– अग्ला पहाड र थुप्रै जङ्घार पार गरेपछि पुग्न सकिन्छ

विवाहको उमेर हद २० वर्ष नै कायम गर्न आग्रह

सर्लाही– गैरसरकारी संस्था (गैसस) महासङ्घ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक सङ्घ

सूर्यविनायक–धुलिखेल सडक विस्तार (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर  सडकको ६

बाढीले बस्ती बगाएपछि चार महिनादेखि त्रिपालमुनिको बास

धुलिखेल– काभ्रेपलाञ्चोकको विकट डाँडापारिस्थित खानीखोला गाउँपालिका– ६ चनौटे नयाँ बस्तीका