नगरकोटमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट « Khabarhub

नगरकोटमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


453
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिकाको बजार अनुगमन समितिले सोमवार नगरपालिकाको वडा नम्बर ६ नगरकोट क्षेत्रमा रहेका मिनीमार्ट र खाद्य पसलमा अनुगमन गरेको छ ।

उपभोक्ताको हित संरक्षणार्थ त्यहाँँ रहेका क्षेत्रको मार्ट र पसल अनुगमन गरिएको हो । बजार अनुगमनको संयोजक एवं नगर उपप्रमुख रमेश बुढाथोकीको नेतृत्वमा सरोकारवालासहित अनुगमन गरिएको अधिकृत सुरज पौडेलले जानकारी दिए ।

अनुगमनमा बलराम स्टोरमा चिनी प्रति केजी १३५ रुपैयाँमा बिक्री गरेको पाइएको छ । खरिद बिल माग्दा देखाउन नसकेकाले यसलाई अनुचित व्यवसायजन्य क्रियाकलाप गरेको देखिँदा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम सचेतताका लागि पाँच हजार एक सय रुपैयाँ जरिबाना गरिएको छ । साथै उक्त स्टोरलाई तत्कालै मूल्यसूची राख्न निर्देशन दिइएको छ ।

त्यस्तै नगरकोट स्टोर उपभोग्य बस्तुहरूको खरिद बिल उपलब्ध नभएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम पाँच हजार एक सय सचेतनाका लागि जरिबाना गरिएको छ । साथै उक्त स्टोरलाई तत्कालै मूल्य सूचि राख्न निर्देशन दिइएको छ भने उक्त स्टोरलाई ढक तराजु नविकरण गर्न निर्देशन दिइएको छ ।

लामा कोल्ड स्टोरको म्याद नाघेको समान जफत गरि नष्ट गरिएको छ । साथ उक्त स्टोरलाई म्याद नाघेको सामानहरु छट्टै राख्न, मूल्यसूची राख्न र अन्त शुल्कको अनुमती लिएर मात्र मदिरा विक्री वितरण गर्न निर्देशन दिइएको छ ।

नगरकोट नपा गाउँ फ्रेस हाउसलाई ७ दिन भित्र व्यवसाय नविकरण गर्न, मूल्य सूची राख्न, ढक तराजु तत्काल नविकरण गर्न निर्देशन दिइएको अधिकृत पौडेलले जानकारी दिए ।

साह स्टोर एण्ड सप्लायर्समा म्याद नाघेको समान बरामद गरी नष्ट गरेको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्रले जानकारी दिए । साथै उक्त सप्लायर्सलाई मूल्यसूची राख्न, ढक तराजु नविकरण गर्न र व्यवसाय दर्ता नविकरण गर्न निर्देशन दिइएको छ ।

नगरपालिकाका बजार अनुगमन अधिकृत सुरज पौडेलले जनाए अनुसार बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि यादव मिश्र र वडा अध्यक्ष धनबहादुर लामा, भक्तपुुर उद्योग वाणिज्य संघका सचिव विश्वराम दुवाल, राष्ट्रिय उपभोक्ता मञ्च भक्तपुरका अध्यक्ष मनोज थापा र भक्तपुर घरेलु कार्यालयका कर्मचारी सरस्वती पौडेल लगायतको प्रतिनिधित्व रहेको बताइएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : ३७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै