इजरायल–हमास युद्धमा १५ सय बढीको मृत्यु | Khabarhub Khabarhub

इजरायल–हमास युद्धमा १५ सय बढीको मृत्यु


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

तेल अबिव– इजरायल र प्यालेस्टिनी लडाकु समूहबीच भएको युद्धमा दुवैतर्फ गरी हालसम्म १५ सयभन्दा बढी मानिस मारिएका छन् । 

युद्धका क्रममा ९ सय इजरायली मारिएका छन् भने ६८० प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । लडाकु समूहले इजरायली सेनाका अधिकारीहरूसहित एकसय भन्दा बढीलाई बन्धक बनाएर राखेको दाबी गरेको छ।

सो समूहले इजरायलले गाजाका मानिसहरूलाई निशाना बनाएमा बन्धक बनाइएका सबैलाई  मारिदिने चेतावनी पनि दिएको छ । 

इजरायलले भने युद्ध भर्खरै सुरु भएको चेतावनी दिएको छ । इजरायली रक्षामन्त्रीले गाजा क्षेत्रलाई ‘पूर्ण घेराबन्दी’ गर्न आदेश दिएको समाचार संस्था सीएनएनले जनाएको छ ।

यता, अमेरिकी राष्ट्रपति जो बाइडेनले हमासको आक्रमणमा कम्तिमा ११ जना अमेरिकी नागरिक मारिएको र केहीलाई बन्धक बनाएको जानकारी गराएका छन् ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ९ : ४१ बजे

एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत

काठमाडौं – नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश रानाभाटको राजीनामा

रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि, पाँच सय बढी प्रतिनिधि सहभागी हुने

चितवन– चितवनको सौराहामा शुक्रबारदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को

चलचित्र क्षेत्रको श्रीवृद्धिका लागि सरकार प्रतिबद्ध छः सञ्चारमन्त्री खरेल

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकार समग्र

१२ लाख लाइसेन्स छापिँदै, ६ महिनाभित्र वितरण गरिने

काठमाडौँ । यातायात व्यवस्था विभागले शुक्रबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजमा भारतको अग्रता

काठमाडौं – भारतले टी–२० सिरिजको चौथो खेलमा अस्ट्रेलियालाई ४८ रनले