इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८  « Khabarhub

इजरायल–हमास युद्धमा मारिने विदेशीको संख्या ४८ 


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्ध जारी छ । गत शनिबार अचानक हमास समूहले इजरायाली भूमिमा एक्कासि आक्रमण गरेपछि युद्ध सुरु भएको हो । 

जारी युद्धमा दुवैतर्फ गरी अहिलेसम्म १५ सय भन्दा बढी मानिस मारिएका छन् । दुवैतर्फको चेतावनीलाई मध्यनजर गर्दा यो युद्ध कहिले अन्त्य हुन्छ भन्ने अवस्था छैन । 

इजरायलले हमासले सुरु गरेको युद्धको अन्त्य आफूले गर्ने बताइ रहँदा हमासले भने इजरायलले गाजामा थप आक्रमण गरे आफूले बन्धक बनाएका इजरायली अधिकारीसहित सबैको हत्या गर्ने चेतावनी दिइसकेको छ । 

प्राप्त पछिल्लो विवरणअनुसार उक्त युद्धमा अहिलेसम्म ४८ जना विदेशी नागरिक मारिएका छन् भने ८० जना बेपत्ता छन् ।

अहिलेसम्म थाइल्याण्डका १२, अमेरिकाका ११, नेपालका १०, अर्जेन्टिनाका ७, युक्रेनका २, फ्रान्सका २ जनाको मृत्यु भएको छ । यस्तै, रुस, बेलायत, क्यानडा, कम्बोडियाका एकएक जना मारिएका छन् ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ११ : ०१ बजे

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र

रवि–बालेन एकताको सेयर बजारमा प्रभाव : ४७ अंकले बढ्यो नेप्से

काठमाडौं– शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र बालेन्द्र साह ‘बालेन’

एमालेमा अध्यक्ष ओलीपछिको दोस्रो वरीयता उपाध्यक्ष बादललाई

काठमाडौं- नेकपा एमालेले एघारौँ महाधिवेशनपछि नेताहरूको वरीयता करिब तय गरेको

काठमाडौंमा उत्पादित रायोको सागमा भेटियो झण्डै शतप्रतिशत विषादी 

काठमाडौं– काठमाडौंमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ

पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते पोखरामा हुने

काठमाडौं- २२ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ गते