नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न « Khabarhub

नेपाल–भारत बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल–भारत सशस्त्र सीमा बल (एसएसबी) बीच बाहिनी स्तरीय सीमा समन्वय बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबास, महोत्तरी र भारतीय सशस्त्र सीमा बल (एसएसबी) मुजफ्फरपुर, बेतिया र पुर्निया सेक्टर हेडक्वाटरबीच सीमा समन्वय बैठक भएको थियो ।

बैठकमा नेपाल नम्बर छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह र एसएसबी मुजफ्फरपुर सेक्टर हेडक्वाटरका डिआईजी  दीपक कुमारले नेतृत्व गरेका थिए ।

बैठकमा सीमा अपराध, सीमामा हुने अवैध गतिविधि नियन्त्रण तथा रोकथाम, साम्प्रदायिक एवं धार्मिक सहिष्णुता कायम राख्नको लागि कुनैपनि किसिमका अवाञ्छित गतिविधि हुन नदिने विषयमा छलफल भएको थियो ।

यस्तै, दशगजा अतिक्रमण हुन नदिन, लागूऔषध ओसारपसार नियन्त्रण, मानव ओसारपसार तथा बेचबिखन नियन्त्रण लगायतका विषयमा पनि छलफल भएको थियो ।

बैठकमा सरोकारवाला संघ संस्थाहरूसँग आवश्यक समन्वय गरी सीमा क्षेत्रमा हुने आर्थिक अपराध नियन्त्रणमा सहकार्य गर्ने तथा नजिकिँदै गरेको चाडपर्वहरूलाई लक्षित गरी सीमावर्ती क्षेत्रमा आवागमन सहज तथा सुरक्षित बनाउनका लागि हेल्प डेस्क स्थापना गर्ने सहमति भएको छ ।

कार्यक्रममा बेतियाका डिआइजी सुरेश सुबरमनियम, नम्बर २ बाहिनीका सहायक बाहिनीपति माधवप्रसाद पौडेललगायतको उपस्थिति थियो । 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  १ : ३० बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको