नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न « Khabarhub

नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँस्थित होटल र्‍याडिसनमा मंगलबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको भन्दै भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्का हेक्काले आगामी दिनहरुमा साझा हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाइने उल्लेख गरिन् ।

कार्यक्रममा दुई मुलुकबीचको सम्बन्धमा योगदान पुर्‍याएको भन्दै रुपक राजवंशी, नरेश श्रेष्ठ, उत्तम सिलवाल, उषा चापागाईँलाई सम्मान गरिएको थियो ।

साधारणसभाले दुई मुलुकबीच थप व्यापारिक अवसरको सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ५५ बजे

घटनाको २० दिनपछि प्रहरीले सार्वजनिक गर्‍यो शंकास्पद व्यक्ति

तनहुँ – तनहुँमा एकैदिन भएको तीनजनाको हत्या प्रकरणमा संलग्न रहेको

थारु पहिचान संरक्षण गर्नुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली – सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले थारु भाषा, संस्कृति,

निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दाबी

तेहरान – इरानले बिहीबार आफ्नो सैन्य डिभिजनको लडाकु संरचनामा स्वदेशी

राष्ट्रिय लिग फुटबल प्रतियोगिताः एनआरटी विजयी

काठमाडौं – राजधानीमा जारी एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगितामा न्युरोड