नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न « Khabarhub

नेपाल फिनल्याण्ड चेम्बरको पहिलो साधारणसभा सम्पन्न


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल फिनल्याण्ड चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिजको पहिलो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

काठमाडौँस्थित होटल र्‍याडिसनमा मंगलबार आयोजित साधारणसभालाई सम्बोधन गर्दै नेपाल फिनल्याण्ड चेम्बरका अध्यक्ष अध्यक्ष मुकुन्दप्रसाद तिमल्सिनाले दुई मुलुकबीच व्यापार, शिक्षा, सँस्कृतिजस्ता क्षेत्रमा सुमधुर सम्बन्ध रहेको भन्दै भविष्यमा दुई मुलुकबीचको सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठले दुई मुलुकबीचको व्यापारिक सम्बन्धलाई थप विस्तार गर्नुपर्नेमा जोड दिए ।

उक्त कार्यक्रममा नेपालका लागि फिनल्याण्डकी राजदूत रिना रिक्का हेक्काले आगामी दिनहरुमा साझा हितलाई मध्यनजर गर्दै द्विपक्षीय सहकार्यलाई अघि बढाइने उल्लेख गरिन् ।

कार्यक्रममा दुई मुलुकबीचको सम्बन्धमा योगदान पुर्‍याएको भन्दै रुपक राजवंशी, नरेश श्रेष्ठ, उत्तम सिलवाल, उषा चापागाईँलाई सम्मान गरिएको थियो ।

साधारणसभाले दुई मुलुकबीच थप व्यापारिक अवसरको सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

 

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ६ : ५५ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले