एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित « Khabarhub

एमालेको सुदूरपश्चिम अधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशित


२३ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको अधिवेशनमा विभिन्न पदका उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ । मंगलबार बेलुका सार्वजनिक सूची अनुसार अध्यक्षमा चार जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा बचनबहादुर सिंह, कृष्णप्रसाद जैशी, कमल तिमिल्सिना र भरत साउद छन् । एक उपाध्यक्षका लागि पाँच जनाको उम्मेदवारी परेको छ । जसमा हरिसिंह साउद, कालीबहादुर शाही, हजारी साउद, बलदेव रेग्मी र रणबहादुर महरा छन् ।

एक जना सचिवका लागि तीन जनाको उम्मेदवारी परेको छ । जसमा रणबहादुर चन्द, राजेशकुमार खाती र रतनराज रेग्मी छन् ।

त्यस्तै, एक जना उपसचिव ९महिला०का लागि भागरथी विष्ट तिमिल्सेना, कन्दकला राना र अर्चना गहतराजले उम्मेदवारी दिएका छन् । एकजना उपसचिव खुलाका लागि अशोककुमार चन्द, नरबहादुर विक, रामदत्त जोशी, हरदेव जोशी, पल्लवराज भट्ट र सुरेन्द्रबहादुर पालले उम्मेदवारी दिएका छन् ।

मंगलबार बिहान ७ः३० बजेदेखि नै निर्वाचन कार्यक्रम सुरु गर्ने भनिए पनि सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास गर्ने भन्दै निर्वाचन कार्यक्रम धकेलिएको थियो ।

प्रकाशित मिति : २३ आश्विन २०८०, मंगलबार  ७ : २९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज