एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने « Khabarhub

एमाले मधेस प्रदेश अधिवेशन आजदेखि, ओलीले उद्घाटन गर्ने


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेकपा एमाले मधेस प्रदेशको पहिलो अधिवेशन आज सुरु हुँदैछ । 

जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

एमालेले आफ्नो प्रथम मधेस अधिवेशनका लागि ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ भन्ने मूल नारा तय गरेको छ । 

अधिवेशनमा मधेस प्रदेशका ८ जिल्लाका १ हजार २७ प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनले दुई सय १० सदस्यीय प्रदेश कमिटी चयन गर्ने एमालेले जनाएको छ ।

नेतृत्वका लागि अहिलेसम्म सर्लाहीका राजनारायण साह र चन्देश्वर मण्डलले तथा धनुषाका लक्ष्मीनारायण यादवले अध्यक्ष पदमा आकांक्षा देखाएका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ४५ बजे

आमाको दूध प्रतिस्थापन गर्ने वस्तु बिक्रीमा कडाइ, बालबालिकाको उमेर दायरा ३ वर्ष

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु

स्वास्थ्यमन्त्री भन्छिन्- जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा थप्न लागेका हौँ

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जनसंख्या वृद्धिका लागि

युद्धबन्दी हस्तान्तरणबारे युक्रेनसँग दक्षिण कोरिया असन्तुष्ट

सियोल– युक्रेनले रुसका लागि लडिरहेका दुई उत्तर कोरियाली सैनिकलाई दक्षिण

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।