इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए « Khabarhub

इजरायलको हवाइ आक्रमणमा हमासका अर्थमन्त्री मारिए


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


933
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इजरायलले गरेको प्यालेस्टाइनी लडाकु समूह हमासविरुद्धको हवाइ आक्रमणमा हमासका दुई जना पोलिटब्युरो सदस्य मारिएका छन् । 

इजरायलले गाजा पट्टीमा गरेको हवाई आक्रमणमा जकारिया अबु मुअम्मर र जवाद अबु शमाला मारिएको बताइएको छ । हमासले पनि इजरायलतर्फ हवाई र स्थलगत आक्रमण जारी राखेको छ । 

इजरायली सेनाका प्रवक्ता अविचय अद्राईका अनुसार हवाइ आक्रमणमा मारिने अबु शामाला हमासका अर्थमन्त्री समेत हुन् । शमालाले हमासको वित्तीय मामिला हेर्दै आएका थिए भने गाजाभित्र र बाहिर वित्त तथा प्रत्यक्ष कार्यक्रम सञ्चालनका लागि रकम विनियोजन गर्थे । 

इजरायली सेनाले अबु मुअम्मरलाई आन्तरिक सम्बन्धको कार्यालयको प्रमुख र ‘हमासको वरिष्ठ योजनाकार’ र गाजामा सशस्त्र समूहहरूको बीचमा समन्वयकको भूमिका खेल्ने हमासको उच्च अधिकारीका रूपमा उल्लेख गरेको छ । 

इजरायलको सरकारी स्वामित्वको कान टिभी न्यूजका अनुसार हमासले गरेको आत्मघाती आक्रमणमा परी इजरायलमा ९ सय बढीको मृत्यु भइसकेको छ भने ३ हजार बढी घाइते भएका छन् । 

यता, प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गाजा पट्टीमा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या ७ सय बढी पुगेको छ भने घाइते हुनेको संख्या ४ हजार नाघेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : ४१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका