सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ : शिक्षामन्त्री राई « Khabarhub

सबैले आफ्नो जिम्मेवारी पूरा गरे लक्ष्यमा पुग्न सकिन्छ : शिक्षामन्त्री राई


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बनेपा- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले सबै निकाय तथा क्षेत्रका व्यक्तिले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने लक्ष्यमा पुग्न सकिने बताएका छन् ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को ४१औँ व्यवस्थापन गोष्ठीको बनेपास्थित नेपाल बनेपा बहुप्राविधिक शिक्षालयमा आज आयोजित उद्घाटन गर्दै मन्त्री राईले सबैले आ–आफ्नो जिम्मवारी पूरा गरे अवश्य लक्ष्यमा पुग्न सकिनेमा जोड दिए ।

उनले नीति–निर्माण र ओहोदामा बस्नेले जिम्मेवारी पूरा गर्ने हो भने कर्मचारी सङघ सङ्गठनले मन्त्रीलाई ‘पख्लास्’ भनिहरनुपर्ने अवस्था नआउने बताए । आफ्नो क्षमता विस्तार गर्दै इमान्दारिता र सक्रियतापूर्वक राष्ट्र सेवामा समर्पित हुन कर्मचारीलाई निर्देशन दिए । मन्त्री राईले सरकारले मुलुकको आर्थिक समृद्धिसँगै पुँजी तथा मानव संशोधन व्यवस्थित गर्ने लक्ष्य लिएको बताएका छन् ।

मन्त्री राईले सम्बन्धन बाँड्ने काम परिषद्को नभएको दाबी गरे । उनले पुनः प्रश्न गरे, “परिषद्ले सम्बन्धन बाँड्ने होइन, तर कसरी बाँड्यो ? १६ वर्षदेखि पैसा तिरेर कुरेर बसेकाले सम्बन्धन किन पाएनन् त ? सेवाग्राहीलाई दिने न्याय यही हो ?” यसअघि बनाइएका कार्यदलले गरेका कामलाई अध्ययन गरी अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

राष्ट्रिय योजना आयोगका सदस्य रमेशचन्द्र पौडेलले सिटिइभिटीको पुनःसंरचना पूर्वाधार सुहाउँदो नगरिएको गुनासो गरे । उनले स्थानीयस्तरमा उत्पादित सामग्री खपत तथा बजारीकरणका लागि आवश्यक प्राविधिक जनशक्ति तयार गर्न सुझाव पनि दिए ।

सिटिइभिटीका सदस्य सचिव महेश भट्टराई, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालगायतले उपलब्धिलाई समीक्षा गर्दै सम्भावनालाई रोजगारीसँग जोड्न आग्रह गरेका थिए ।

गोष्ठीमा सिटिइभिटीका सात प्रदेश प्रमुख तथा आङ्गिक ६५ शिक्षालयका प्रमुखको सहभागिता रहेको उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार देशभर सिटिइभिटीको सम्बन्धन प्राप्त एक हजार एक सय शिक्षालय सञ्चालनमा छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : २५ बजे

सेन्सर बोर्डको नामबाट ‘सेन्सर’ गायब

काठमाडौं – केन्द्रीय चलचित्र जाँच समितिको नाममा केही हेरफेर भएको

अनुराग कश्यपले तारिफ गरे कान्समा पुगेको नेपाली फिल्म ‘इलिफेन्ट इन द फग’

काठमाडौं – भारतीय चलचित्रकर्मी अनुराग कश्यपले नेपाली फिल्म ‘इलिफेन्ट इन

प्रतिनिधिसभामा सडक सुरक्षा, विपद् तयारी र मल अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक सुरक्षा, मनसुनजन्य विपद् तयारी,

लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक

हेर्क भन्थे- फिल्म चल्नुहुन्न, स्वस्तिमाले भनिन्- धरानमा लाग्यो है

काठमाडौं – फिल्म ‘लालीबजार’ अदालतको आदेशबाट प्रदर्शनमा आएसँगै बक्स अफिसमा