ज्वरोले थला परेपछि जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु, दुई जना सिकिस्त | Khabarhub Khabarhub

ज्वरोले थला परेपछि जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु, दुई जना सिकिस्त


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

दैलेख- दैलेखमा जंगली जडीबुटी खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भगवतिमाई गाउँपालिमा जङ्गली जडीबुटी खाएका एक जनाको मृत्यु भएको हो । ‘ठूलो ओखती’ नामले चिनिने जंगली जडीबुटी खाएर गाउँपालिका–४ तुर्सुका २५ बर्सिया नर्तम विकको आज मृत्यु भएको हो ।

केही दिन अघिदेखि ज्वरोले थला परेका तीन जनाले घरमा राखिएको ‘ठूलो ओखती’ नामले चिनिने जंगली जडीबुटी खाएका थिए । जङ्गली जडीबुटी खाएका तीन जनामध्ये एक जनाको मृत्यु भएको र अन्य दुई जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले बताए ।

जङ्गली जडीबुटी ‘ठूलो ओखती’ खाएर गम्भीर घाइते हुनेमा सोही ठाउँका ६१ वर्षीय धने कामी र १२ वर्षीय रमेश विक रहेका छन् । स्वास्थ्य अवस्था गम्भीर रहेका दुई जनालाई थप उपचारका सुर्खेत पठाइएको प्रहरी प्रमुख लम्सालले बताए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ५ : ५४ बजे

भीमफेदी कारागारबाट भागेका १५४ कैदीबन्दी अझै सम्पर्कविहीन

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकास्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये २६ जना

धवलागिरिका जलजला, मुना र मरेनी क्षेत्रमा ‘रेडपाण्डा’ भेटियो

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर २ र ३ का

बनेपामा ‘एक घर, एक धारा’ अभियान

काभ्रे– काभ्रेको बनेपा नगरपालिका–६ स्थित बस्तीहरुमा खानेपानी वितरण थालिएको छ

पत्रकारसँग संवाद गर्दै एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सोमबार पत्रकारसँग संवाद

वीरगञ्ज नाकाबाट तीन महिनामा आठ अर्ब ७० करोड बराबरका सवारीसाधन भित्रियो

पर्सा– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा आठ