एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली « Khabarhub

एमालेले गरेका राम्रा कामका कारण अरु दल अतालिए : अध्यक्ष ओली


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको राम्रा कामका कारण अरु दलहरु अतालिएको बताएका छन् ।

बुधबार जनकपुरमा एमाले मधेश प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेका कामबाट आफ्नो भविष्य अन्धकार देख्नेहरु अतालिएको बताएका हुन् ।

यसअघिको एमाले सरकारले मुलुकको विकास र जनताका लागि असाधारण काम गरेको उनले बताए । उनले हुलाकी राजमार्गको काम गरेको र हजारौं पुल निर्माण गरेको दाबी गरे ।

तराईमा सिँचाइको पहुँच पुर्‍याउन सुनकोशी मरिन डाइभर्सन ल्याएर बारा, रौटहट, धनुषालगायतका १ लाख ८५ हजार बिगाहा जमिनमा सिँचाइको व्यवस्था गरेको र एमाले सरकारमा गएपछि तराईको सिँचाइको समस्या सदाका लागि अन्त्य गर्ने दाबी गरे । एमाले सरकारले नै रेल किनेर सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

एमाले अध्यक्ष ओलीले २०८४ मा नेकपा एमालेको एकल बहुमत एकमात्र अभियान रहेको बताए । उनले सहमतीमा अधिवेशन सम्पन्न गरी एकताको उदाहरण प्रस्तुत गर्न र २०८४ मिशन सफल गर्ने योग्य नेतृत्व छान्न निर्देशन दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ६ : ३५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि