अनलाईनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ | Khabarhub Khabarhub

अनलाईनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

आफू इटालीको नागरिक रहेको बताइ विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै उनले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुबाट पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ उनले ठगी गरेकी थिइन् । पक्राउ परेकी मल्ललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : १८ बजे

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र

हिमपातपछि मुस्ताङका याकचौँरी बेँसीमा स्थानान्तरण

मुस्ताङ– एक साताअघि परेको भारी हिमपात र अत्यधिक चिसो बढेसँगै

हङकङ सिक्सेस : यूएईले नेपाललाई दियो १३० रनको चुनौती

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगितामा यूएईले नेपाललाई १३०

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल