अनलाईनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ « Khabarhub

अनलाईनमार्फत ठगी गरेको आरोपमा एक महिला पक्राउ


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीले सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–१९ की २९ वर्षीया सनिषा मल्ल रहेकी छन् । उनले फेसबुक, ह्वाट्सएपसहितका सामाजिक सञ्जालको दुरुप्रयोग गरी ठगी गरेको प्रहरीले जनाएको छ ।

आफू इटालीको नागरिक रहेको बताइ विश्वास दिलाएर विस्तारै माया प्रेमको प्रपञ्चमा पारी आइफोन, लेडिज ब्याग, सुन तथा गरगहना र पाँचहजार डलरसहितको गिफ्ट पठाइदिएको बताउँथिन् ।आफूले पठाएको गिफ्ट भारतको इन्दिरा गान्धी एयरपोर्टमा आइपुगेको र पार्सल पाउन भन्सार शुल्क, डेलिभरी चार्जजस्ता प्रयोजनमा रकम तिर्नुपर्ने भन्दै उनले ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पीडितहरुबाट पटकपटक गरी १७ लाख १५ हजार रुपैयाँ उनले ठगी गरेकी थिइन् । पक्राउ परेकी मल्ललाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ९ : १८ बजे

सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि, भोलि नै नीति कार्यक्रम प्रस्तुत हुने

काठमाडौं- सङ्घीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि प्रारम्भ हुँदैछ ।

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन- चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर अस्पतालको

मधेशका चार दलको निर्णय : कांग्रेसकै सरकारलाई निरन्तरता दिने

जनकपुरधाम- सत्तारूढ चार दलले मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई

रास्वपा सांसदहरूलाई पढाउन रवि स्टाफ कलेज पुग्दा… (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आइतबार सांसदहरूलाई सम्बोधन

पाकिस्तानको उत्तर–पश्चिममा प्रहरी चौकीमा आक्रमण, १२ प्रहरीको मृत्यु

इस्लामावाद- पाकिस्तानको उत्तर–पश्चिमी क्षेत्रमा शनिबार राति भएको कार बम आक्रमण