सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव « Khabarhub

सङ्खुवासभामा डेङ्गु परीक्षण कीट अभाव


२४ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको जिल्ला अस्पतालमा डेङ्गु रोग परीक्षण गर्ने कीट अभाव भएको छ । कीट अभावले बिरामीलाई मर्का परेको छ । अस्पतालमा बिरामीको सङ्ख्या भने बढिरहेकोछ ।

अस्पतालका निमित्त प्रमुख मेडिकल अधिकृत विकास आचार्यका अनुसार अस्पतालमा आउने बिरामीले डेङ्गु परीक्षण सेवा नपाएर निजी अस्पताल जानुपर्ने बाध्यता छ । जिल्ला अस्पतालमा तीन दिनदेखि कीट सकिँदा डेङ्गु परीक्षणको काम रोकिएको हो । कीटका लागि स्वास्थ्य मन्त्रालय र कोशी प्रदेश कार्यालयमा माग गरिसकिएको छ ।

सङ्खुवासभामा साउन महिनायता डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार तीन सय २१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला अस्पतालमा डेङ्गुका बिरामी बढ्दै गएपछि श्ययासमेत अभाव हुन थालेको छ । बिरामीलाई अस्पतालको ‘प्यासेज’ र सभाकक्षमा राखेर उपचार गर्नुपरेको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  १० : २२ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा