एसीसी प्रिमियर कप : नेपाल र इरानबीच प्रतिस्पर्धा « Khabarhub

एसीसी प्रिमियर कप : नेपाल र इरानबीच प्रतिस्पर्धा


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- १९ वर्ष मुनिको एसीसी प्रिमियर कप क्रिकेटमा अहिले नेपाल र इरानबीच प्रतिस्पर्धा भइरहेको छ । मलेसियाको बान्गीमा जारी खेलमा इरानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।

प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बहराइन, साउदी अरेबिया र इरान  रहेका छन्।

नेपालले दोस्रो खेल असोज २८ गते बहराइनसँग र तेस्रो खेल कात्तिक २ गते साउदी अरेबियासँग खेल्नेछ ।

यस्तै, समूह बी मा यूएई, ओमान, कतार र चीन, समूह सीमा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स तथा समूह डी मा हङकङ, मलेसिया जापान र इन्डोनेसिया छन्।

शीर्ष तीन टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने १९ वर्ष मुनिको एसिया कप खेल्न पाउनेछन् । यो विश्वकप अघिको तयारी हो ।

विश्वकप २०२४ जनवरीमा श्रीलंकामा हुनेछ । नेपालले पनि उक्त विश्वकप खेल्नेछ । विश्वकपमा नेपालको समूहमा पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तान छन् ।

भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका भने एसिया कपमा सोझै छनोट भइसकेका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ९ : २२ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत