माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय | Khabarhub Khabarhub

माओवादीका आङ्बोलाई कोशीको मुख्यमन्त्री बनाउने सत्ता गठबन्धनको निर्णय


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सत्ता गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोलाई अघि सार्ने निर्णय गरेको छ । 

बालुवाटारमा बिहीबार बसेको बैठकले माओवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको हो । संविधानको धारा १६८ (५) बमोजिम सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म समय दिइएको छ । 

यो उपधारामा प्रदेशसभाको बहुमत सदस्यको समर्थन जुटाउनेलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने प्रावधान छ । मुख्यमन्त्री बन्न संसदीय दलको नेता नै आवश्यक नपर्ने भएपछि गठबन्धनभित्रै आकांक्षा राख्ने नेताहरूको संख्या बढेको थियो । 

गठबन्धनसँग मुख्यमन्त्री दाबी गर्न आवश्यक संख्या (४७ सांसद) भएकाले आङ्बो कोशीको मुख्यमन्त्री बन्ने पक्का छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  २ : २८ बजे

नेपाली फिल्मलाई फाप्यो कात्तिक, सुस्ताएको बक्स अफिस तंग्रिँदै

काठमाडौं – ०८२ सालमा कात्तिक १४ सम्म ३० फिल्म प्रदर्शनमा

भीम रावललाई फकाउँदै दाहाल-नेपाल, सकारात्मक छ कुराकानी

काठमाडौं- नवघोषित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र

उसुको विकास र विस्तारका लागि सम्झौता

काठमाडौं– चीनको शिचुवान प्रान्तको मिनयाँङ उसु संघ, मार्सल आर्ट अर्गनाइजेसन

निरंकुश र मूर्ख बन्दै गएको राज्यसत्तालाई झकझकाएर जेन-जी आन्दोलनले ठूलो गुन लगायो : विप्लव

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले देशमा