अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ « Khabarhub

अनलाइनमार्फत ठगी गर्ने एक जना पक्राउ


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर महानगरपालिका-१९ बस्ने २९ वर्षीय सनिषा मल्ललाई प्रहरीले पक्राउ गरेको छ । 

विभिन्न सामाजिक सञ्जालको दुरुपयोग गरी पीडितलाई आफू इटालीको नागरिक हुँ भन्दै प्रेमको प्रपञ्चमा पारी आईफोन, लेडिज ब्याग, सुन तथा गरगहना ५ हजार डलर सहितको गिफ्ट पठाइदिने र उक्त पार्सल पाउनको लागि भन्सार शुल्क, डेलिभरी चार्ज जस्ता प्रयोजनमा रकम तिर्नुपर्छ भनी पीडितलाई विश्वास दिलाइ बिभिन्न ब्यक्तिहरूको नाममा रहेका बैंक खाताहरूमा पटक-पटक गरी जम्मा १७ लाख १५ हजार रुपैयाँ रकम पठाउन लगाई ठगी गर्ने कार्यमा संलग्न रहेको खुल्न आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ५ : ४८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले