विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य « Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियासामु ३१२ रनको लक्ष्य


२५ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँआईसीसी विश्वकप, २०२३ अन्तर्गत अहिले  दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच खेल भइरहेको छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासामु जितका लागि तीन सय १२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

भारतको लखनउमा जारी खेलमा टस हारेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गरेको हो । दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरको खेलमा सात विकेट गुमाउँदै तीन सय ११ रन बनायो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि ककले शतकीय पारी खेले ।

 उनले एक सय छ बल खेल्ने क्रममा आठ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक एक सय नौ रनको योगदान दिए । यस्तै एडेन माक्रमले ५६ रन बनाए । उनले ४४ बल खेल्दै सात चौका र एक छक्का हाने ।

यसैगरी कप्तान टेम्बा बभुमाले ५५ बल खेल्दै दुई चौकासहित ३५,  रास्सी भान डर डुसेन ३० बलमा दुई चौकासहित २६, हेनरिक क्लासेन २७ बल खेल्दै तीन चौकासहित २९, मार्को यानसनले २२ बलमा तीन चौका र एक छक्कासहित २६ तथा डेविड मिलरले १३ बल खेल्दै एक चौका र एक छक्कासहित १७ रन बनाए ।

बलिङतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्कले दुई-दुई तथा एडम जाम्पा, जोश हेजलवुड र प्याट कमिन्सले एक-एक विकेट लिए ।

अहिले अष्ट्रेलियाले तीन सय १२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । 

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहीबार  ६ : ५५ बजे

मदनकृष्णको बायोपिक बनाउँदै मिलन चाम्स, केकी र महेश फाइनल

काठमाडौं – निर्देशक मिलन चाम्सले हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको बायोपिक

राहदानी छपाइ प्रकरण : आरजु देउवासहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं– ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पदाधिकारीमा भागबन्डा मिलाउन सकस, तीन उपसभापति, महामन्त्री र सह-महामन्त्रीमा दर्जनौँको दाबी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा पदाधिकारी सर्वसम्मत चयन गर्ने

अलैँची निर्यात : ११ महिनामा १२ अर्ब बढी र ५ वर्षमा ४० अर्ब बढीको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको ११ महिनाको वैदेशिक व्यापारमा निर्याततर्फ अलैँची

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

गण्डकी– फ्लाइ दुबईले आगामी असोज ७ गतेदेखि पोखरा–दुबई सिधा उडान