लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ? | Khabarhub Khabarhub

लक्ष्मणलाई ‘गुदाकेश’ नामले किन चिनिन्छ ?


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

रामायण हामी सबैलाई थाहा छ । रामायणमा भएका घटनाहरू सुन्दा आनन्द नआउने सायद कोही नहोला । र रामायणको बारेमा थाहा नपाउने पनि कमै होलान् ।

हिन्दु धर्मग्रन्थ रामायणमा उल्लेख रामका भाइ लक्ष्मणलाई अर्को नाम ‘गुदाकेश’ भनेर पनि चिनिन्छ। आज हामी यसको कारणबारे बताउने छौँ । 

रामायणमा १४ वर्ष वनवास बस्दा लक्ष्मण एकपटक पनि निदाएनन् भनेर व्याख्या गरिएको छ । आफ्नो दाइ राम र भाउजू सीताको रक्षाका लागि उनी २४ सैँ घण्टा जागा रहन चाहन्थे । यसै कारणले लक्ष्मणलाई ‘गुदाकेश’ पनि भनेर बोलाउने गरिन्छ ।

रामायणमा उल्लेख भए अनुसार वनवासको पहिलो रात राम र सीता सुतिरहेका बेला निन्द्रादेवी लक्ष्मणसामु प्रकट भइन् । लक्ष्मणले निन्द्रादेवीसँग १४ वर्ष वनवासको समयमा आफूलाई एक पटक पनि नीद नआओस् भनी वरदान मागेका थिए ।

निन्द्रादेवीले किन यस्तो वर मागेको भनेर सोधिन् । त्यसपछि लक्ष्मणले आफू सुते दाइ भाउजूको सुरक्षाका कसले गर्छ भनी प्रश्न गरे ।  निन्द्रादेवी प्रसन्न भएर भनिन्, ‘यदि तिमी सुत्न चाहन्नौँ भने तिम्रो सट्टा अरू कोही सुतिदिनुपर्छ । तब मात्र तिमीलाई यो वरदान प्राप्त हुन सक्छ ।’

त्यसपछि लक्ष्मणले आफ्नी पत्नी तथा सीताकी बहिनी उर्मिलासँग सल्लाह गरे । त्यसपछि उर्मिला १४ वर्षसम्म सुतिरहन तयार भएकी थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ६ : ४१ बजे

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं– विसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

पर्सा– वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा ३९

नेपाल र वेस्ट इन्डिज सिरिज रोमाञ्चक हुने स्टार क्रिकेटर बिशोपको भनाइ

काठमाडौं – नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको पूर्व स्टार क्रिकेटर

चाडपर्व छाडेर काम खोज्न भारत जानेको लर्को

कञ्चनपुर– हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

भोजपुर– १८७२ सालमा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा नेपालमै