चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता « Khabarhub

चोरी सिकारी नियन्त्रणका लागि उच्च सतर्कता


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नारायणगढ – चाडपर्व नजिकिँदै गर्दा वन्यजन्तुको चोरी सिकारी र वन पैदावार चोरी निकासी हुनसक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढाएको छ । चाडपर्वको समयमा मानिसको आवतजावत बढ्ने हुँदा सोही मौका छोपी चोरी–सिकारी सक्रिय हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चोरी सिकारी हुनसक्ने सम्भावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । कानुनविपरीत हुनसक्ने गतिविधि नियन्त्रण गर्न निकुञ्जमा रहेका ६७ वटा सुरक्षा पोष्टमा उच्च सतर्कताका साथ थप सक्रियता बढाउन निर्देशन गरिएको उनले जानकारी दिए।

 सेना र निकुञ्जका पोष्टसँगै निकुञ्ज आसपासमा बसोबास गर्ने समुदायलाई समेत चनाखो हुन आग्रह गरिएको सूचना अधिकारी तिवारीले बताए। उनले भने, ‘वन क्षेत्रमा आपराधिक गतिविधि भएका घटना सबैभन्दा पहिला समुदायमा जानकारी हुने भएकाले चनाखो भएर सहयोग गर्न आग्रह गरेका छौँ ।’

सूचना अधिकारी तिवारीले थपे, ‘चाडपर्वको समयमा निकुञ्ज क्षेत्र आसपासमा शङ्कास्पद व्यक्ति देखिएमा निकुञ्जलाई खबर गरी संरक्षणमा सहयोग गर्न अपिलसमेत गरेका छौँ ।’ चोरी सिकारी नियन्त्रणका लागि मध्यवर्ती क्षेत्रमा रहेका  उपभोक्ता समूह र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिएको उनले बताए।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  १२ : ४० बजे

बाढीपछिको पुनरुत्थानमा चिनियाँ सहयोग निरन्तर रहन्छ : राजदूत माओमिङ

त्रिशूली– नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले भोटेकोशी हुँदै त्रिशूली

शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल

काठमाडौं–  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सातवटै प्रदेशका शिक्षा हेर्ने

आत्महत्याबारे मौन नरहौँ, संवाद सुरु गरौँ : मानव अधिकार आयोग

सुदूरपश्चिम– राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि आत्महत्याबारे मौन

यस्तो छ देवीघाटमा पाँच दिनमा तयार एक्रो ब्रिज (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले एक्रो ब्रिज

बालेनले गुमाए ‘तेस्रो विकेट’, प्रतिवेदन लुकाएर सुधनलाई हतार-हतार बनाएका थिए फेरि मन्त्री

काठमाडौं– सरकारको नेतृत्व गरेको पाँच महिनामा वालेन्द्र शाह ‘बालेन’को मन्त्रिमण्डलबाट