वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध छ : अर्थमन्त्री महत « Khabarhub

वित्तीय सुशासनमा माटो सुहाउँदो सुधार गर्न नेपाल प्रतिबद्ध छ : अर्थमन्त्री महत


२६ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –अर्थमन्त्री डा प्रकाशशरण महतले वित्तीय सुशासन, पारदर्शितामा नेपाली माटो सुहाउँदो सुधार गर्ने प्रतिबद्धता जनाएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) का एशिया प्रशान्त हेर्ने उपप्रबन्ध निर्देशक बो लीसँगको भेटवार्तामा उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

भेटवार्तामा विस्तारित कर्जा सुविधा (इसिएफ) लिँदा नेपालले राष्ट्र बैंक ऐन संशोधन, वित्तीय क्षेत्रमा सुधार, मौद्रिक नीतिमा सुधारलगायतका विषयमा छलफल भएको थियो । अर्थमन्त्री महतले वित्तीय सुशासन, पारदर्शितालगायतका कुरा नेपालको माटो सुहाउँदो किसिमले सुधार गर्न प्रतिबद्ध रहेको तर वातावरण सुहाउँदो हुनुपर्ने र नेपालको केही आवश्यकता बुझिदिन पनि आग्रह गरेका थिए ।

“वित्तीय सुशासन, पारदर्शिताप्रति प्रतिबद्ध छौँ तर सबै कुरा भनेजस्तो हुँदैन, हाम्रो आफ्नै संरचना पनि छन्”, छलफलमा अर्थमन्त्री डा महतले भने, “बुझाइमा समस्या छ, के काम गर्ने भन्ने कुरामा स्पष्ट छौँ ।” जवाफमा उपनिर्देशक बो लीले भन्नुभयो, “सुधारको कुरा गर्नुहुन्छ भने हामी सकारात्मक छौँ, हामीले सुधार गर भन्ने नै हो ।”

छलफलपछि इसिएफको तेस्रो किस्ताका लागि कर्मचारी तहमा भएको सम्झौता ९एसएलए० आइएमएफ बोर्डबाट पारित गर्ने सहमति बनेको छ । आइएमएफ निर्देशक र अर्थमन्त्री डा महतबीचको छलफल सकारात्मक भएको मन्त्री महतको सचिवालयले जनाएको छ ।

थप सहयोग कहाँ के गर्न सकिन्छ भन्ने कुरा छलफल चलाउने र उपयुक्त निष्कर्ष निकाल्नेबारेमा पनि छलफल भएको थियो । छलफलमा अर्थसचिव कृष्णहरि पुष्कर, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ आश्विन २०८०, शुक्रबार  ९ : ३८ बजे

मुस्ताङ निर्वाचन मतगणना अपडेट : कांग्रेसका योगेश अगाडि

काठमाडौं- मुस्ताङमा प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी छ। हालसम्म ३,०२७

भक्तपुर–२ मा महेशभन्दा राजीव १५ सय मतले अगाडि

भक्तपुर– बिहीबार देशभर भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतगणमा राष्ट्रिय

भक्तपुर–१ निर्वाचन मतगणना अपडेट : रास्वपा अगाडि

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

झापा–२ निर्वाचन मतगणना अपडेट : रास्वपाकी इन्दिरा अगाडि

काठमाडौं– झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको मतगणना

चितवन–३ निर्वाचन मतगणना अपडेट : सोविता अग्र स्थानमा 

काठमाडौँ- चितवन–३ निर्वाचन क्षेत्रको प्रतिनिधि सभा निर्वाचन अन्तर्गत मतगणना जारी