कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै « Khabarhub

कोशी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदै, सांसदहरूको हस्ताक्षर सनाखत गरिँदै


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा नयाँ मुख्यमन्त्रीको आज टुंगो लाग्दैछ । सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो र नेकपा एमालेको समर्थनमा नेपाली कांग्रेसको विद्रोही पक्षधर केदार कार्की मध्ये को मुख्यमन्त्री बन्ने भन्ने छिनोफानो आज हुँदैछ ।

मुख्यमन्त्रीमा दुईजनाको दाबेदारी प्रस्तुत भएपछि प्रदेश प्रमुख परशुराम खापुङले आज दुवै पक्षका सांसदहरूको सनाखत गराउन लागेका छन् । बिहान ८ देखि दिउँसो २ बजे भित्र सनाखत गराई सके पछि आज मुख्यमन्त्री नियुक्ति गर्ने प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

माओवादीका आङ्बोले गठबन्धनमा रहेका दलहरू मध्ये नेपाली कांग्रेसका २९, माओवादीका १३, नेकपा एसका ३ र जसपाका १ सांसदको हस्ताक्षर बुझाएका छन् भने कांग्रेसका विद्रोही उम्मेदवार कार्कीले आफूसहित कांग्रेसका ९ तथा एमालेका ३९ सदस्यको हस्ताक्षरसहित कुल ४८ जनाको समर्थनसहित मुख्यमन्त्रीको दाबी गरेका छन् ।

आङ्बोले बुझाएको पत्रमा राखिएको आफ्नो समूहका सांसदहरूको हस्ताक्षर नक्कली भएको दाबी गर्दै कार्की समुहले प्रतिवाद गर्दै आएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ६ : ४४ बजे

मधेस विश्वविद्यालयद्वारा तीनवटा शैक्षिक कार्यक्रम विस्तार

जनकपुरधाम– मधेस विश्वविद्यालयले थप तीनवटा शैक्षिक कार्यक्रम विस्तार गरेको छ

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा गए रातिदेखि अचानक वर्षा र हिमपात सुरु भएपछि

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र (तस्बिरहरू)

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा