सात सय ९४ परिवारको निःशुल्क स्वास्थ्य बीमा | Khabarhub Khabarhub

सात सय ९४ परिवारको निःशुल्क स्वास्थ्य बीमा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– चितवनको कालिका नगरपालिकाले आफ्नो पालिकाभित्र रहेका सात सय ९४ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । ‘नगर प्रमुख विपन्न स्वास्थ्य बीमा कार्यक्रम’ अन्तर्गत ती परिवारमा रहेका तीन हजार एक सय ७७ जनाको स्वास्थ्य बीमा गरिएको हो ।

पालिकाभित्र रहेका विपन्न परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइएको हो । यस कार्यक्रमका लागि पालिकाले रु ३० लाख बजेट विनियोजन गरेको छ । त्यसमध्ये अहिलेसम्म रु २८ लाख ४३ हजार तीन सय बराबरको बीमा भइसकेको छ ।

नगरप्रमुख विनोद रेग्मीका अनुसार विपन्न परिवारलाई पालिकाले बीमा गरिदिएको हो । उनले भने, ‘चेपाङ समुदायको प्रदेश सरकारले बीमा गरिरहेकाले सो समुदायबाहेक अन्य समुदायका विपन्न परिवारको बीमा नगरपालिकाले आफ्नै बजेटमार्फत गरेको हो ।’

अहिले बीमा भएका परिवारको आगामी मङ्सिर १ गतेदेखि लागू हुनेछ । विपन्न परिवारले उपचारका लागि आर्थिक सहयोग माग्नु नपरोस् भन्ने उद्देश्यका साथ बीमा कार्यक्रम गरिएको जनाउँदै उनले भने, ‘विपन्न परिवारका लागि पनि स्थानीय सरकार भएको अनुभूति हुने गरी काम गर्दै आएका छौँ ।’

नगरपालिकाभित्र स्वास्थ्य उपचारका लागि कोही पनि बञ्चित हुन नपरोस् भनेर यो कार्यक्रम ल्याइएको उनले जानकारी दिए। स्वस्थ्य नगरपालिका निर्माणका लागि यो कार्यक्रम प्रभावकारी बन्ने उनको भनाइ छ ।

पालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाका लागि यसअघि नै घरघर पुगेर नियमित स्वास्थ्य परीक्षण गर्दै आएको छ । पालिकाभित्र रहेका ज्येष्ठ नागरिक, अपाङ्गता भएकाको प्रत्येक दुई महिनामा घरमा नै गएर स्वास्थ्य परीक्षण गर्ने गरिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख दीपक भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ३५ बजे

चलचित्र ‘वरिष्ठ बलराम’ लाई दर्शकको साथ

काठमाडौं- तिहारलाई लक्षित गर्दै भाइटीका अर्थात् यही कात्तिक ६ गतेदेखि

मिथिलामा छठको तयारी सुरु

धनुषा- मिथिलामा शुद्धता र आपसी सद्भावको पर्व छठको तयारी सुरु

चिनियाँ राष्ट्रपति सी भन्छन्- बाह्य चुनौती आइरहन्छन्, हामीले आफ्नै काममा ध्यान दिनुपर्छ

बेइजिङ- चीनका राष्ट्रपति सी चिनफिङले आगामी पाँच वर्षीय योजना (सन्

तिहारको एक सातामा ६९ दुर्घटना

चितवन- नेपालीहरूको महान् पर्व तिहार सुरु भएसँगै चितवनमा ६९ वटा

तिहारमा पनि वार्षिक परीक्षा सञ्चालन

काँक्रेविहार (सुर्खेत)- मुलुकभरि तिहारको रौनकसँगै भाइटीका मनाइरहेका बेला उपल्लो डोल्पाको