प्रहरी महानिरीक्षक स्वदेश फिर्ता « Khabarhub

प्रहरी महानिरीक्षक स्वदेश फिर्ता


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर बेलायतको पाँचदिने भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । 

बेलायत सरकारको निमन्त्रणामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बेलायत गएका प्रहरी महानिरीक्षकले त्यहाँ रहँदा बेलायती सुरक्षाकर्मीसँग आपसी समन्वय, हित तथा सहयोग आदानप्रदान गर्ने विषयमा छलफल गरेका थिए ।

साथै उनले बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यसँग आपसी सहयोग प्रवर्द्धनमा नेपाली दूतावासले निर्वाह गरेको भूमिकाको सराहना गर्दै भविष्यमा शान्तिसुरक्षा, अनुसन्धान, अपराध नियन्त्रणमा बेलायती सहयोग जुटाउन आग्रह गरे। 

बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतीबारे अनुभव आदानप्रदान गर्नाका तिनको सामना गर्न उपयुक्त कानुन, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैङ्गिक हिंसाका साथै बालबालिकाविरुद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको नेपाल प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  २ : ४७ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको