घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा « Khabarhub

घुम्ती शिविरमार्फत गाउँगाउँमा सेवा


२७ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङको काठेखोला गाउँपालिकाले गाउँगाउँमै पुगेर नागरिकलाई सेवा दिन थालेको छ । गाउँपालिकाले घुम्ती शिविरमार्फत योजना सम्झौता, अपाङ्गता परिचयपत्र वितरण र ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिरहेको छ । 

शिविरमा नसर्ने रोगको निःशुल्क स्वास्थ्य परीक्षण, आयुर्वेद स्वास्थ्य सेवा, कृषि एवं पशु सेवा, वैदेशिक रोजगार बोर्डबाट प्रदान गरिने सेवामा सहजीकरणसमेत गरिरहेको गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी दिए ।

गाउँपालिकाले आठवटै वडामा पुगी घुम्ती शिविरमार्फत नागरिकलाई सेवा प्रदान गर्न थालिएको अध्यक्ष थापाको भनाइ छ । हालसम्म वडा नं १ देखि ४ सम्ममा शिविर सञ्चालन गर्दा पालिकाले चालू आर्थिक वर्षका विभिन्न ७० योजना सम्झौता गरिसकेको उनले बताए । नागरिकलाई सहज सेवा र योजना कार्यान्वयनलाई प्रभावकारी बनाउनका लागि गाउँगाउँमा पुगेर शिविर सञ्चालन गरेको अध्यक्ष थापा बताउँछन् ।

‘यसपाली हामीहरु दूरदराजसम्म पुगेर नागरिकलाई सहज सेवा दिउँ भन्ने हिसाबले लागेका छौँ, घुम्ती शिविरमा जनप्रतिनिधि मात्रै हुनुहुन्न, त्यहाँ कर्मचारी, स्वास्थ्यकर्मी, पशु तथा कृषि प्राविधिक पनि हुनुहुन्छ, गाउँघरमा हुने समस्या सोही स्थानबाटै समाधान गरौँ भन्ने लागेको छ’, अध्यक्ष थापाले भने, ‘हाम्रो मुख्य उद्देश्य दसैँअगावै योजना सम्झौता गरिसक्ने हो, समयमै सम्झौता भयो भने समयमै योजना कार्यान्वयन गर्न पनि सघाउ  पुर्‍याउँछ, यसले गुणस्तरीय काममा पनि सघाउ पुग्नेछ ।’

वडा नं १ पालादेखि सुरु गरिएको शिविर वडा नं ८ लेखानीमा पुगेर सकिने उनको भनाइ छ । योजनाको प्रभावकारी कार्यान्वयन गराउने, पालिकाद्वारा हुने सेवा वडाबाटै उपलब्ध गराउने, सेवामा नागरिकको प्रभावकारी पहुँच बढाउने उद्देश्यका साथ एकीकृत घुम्ती शिविर गरिएको थापाले बताए । 

हालसम्म शिविरमा सात सय ६२ जनाको स्वास्थ्य परीक्षण, आठ सय ८४ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र, २१ जनालाई अपाङ्गता परिचयपत्र, दुई सय ७९ जनालाई आयुर्वेद सेवा, चार सय ९१ जनालाई कृषि तथा पशु सेवा र पाँच जनालाई रोजगार सेवा उपलब्ध गराइएको पालिकाले जनाएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०८०, शनिबार  ३ : ४४ बजे

क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा चुनौती

कपिलवस्तु– कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएकाले व्यवस्थापनमा

देउवा पक्षको सभापति उम्मेदवारका लागि ३० हजार शुल्क, महामन्त्री र उपसभापतिका लागि कति ?

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा पूर्व सभापति शेरबहादुर देउवा पक्षले

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण