एसीसी यू–१९ प्रिमियर कपमा बहराइनद्वारा नेपालसामु ७८ रनको लक्ष्य « Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा बहराइनद्वारा नेपालसामु ७८ रनको लक्ष्य


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । 

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ ओभर ५ बलमा अलआउट हुँदै ७७ रन बनायो । 

बहराइनका लागि मोहम्मद बासिल अब्दुल हाकिमले  ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो । 

समूह ‘ए’ को नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको थियो ।

आज जितको खण्डमा नेपालको सेमिफाइनल समीकरण बलियो बन्नेछ । समूहको अन्तिम खेलमा नेपालले कात्तिक २ गते साउदी अरेबियाको सामना गर्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ०९ बजे

बैतडीमा बस दुर्घटनामा एकजनाको मृत्यु, १० घाइते

काठमाडौं । बैतडीको दशरथचन्द नगरपालिका–४, साइलेकस्थित दशरथचन्द राजमार्गमा यात्रुवाहक बस

गठबन्धनरूपी विकृत युगको साक्षी भए पनि हामी साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई

चोरीको गाडी प्रयोग गरी चोरी गर्दागर्दै पक्राउ

काठमाडौँ । सर्लाही जिल्लाको बरहथवा नगरपालिका–३ स्थित प्रतिटोलमा चोरीको गाडी

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका

वैशाखयता विपद्जन्य घटनामा परी १०५ जनाको मृत्यु

काठमाडौं – यो वर्षको वैशाखपछि आजसम्म (दुई महिना र केही