एसीसी यू–१९ प्रिमियर कपमा बहराइनद्वारा नेपालसामु ७८ रनको लक्ष्य | Khabarhub Khabarhub

एसीसी यू–१९ प्रिमियर कपमा बहराइनद्वारा नेपालसामु ७८ रनको लक्ष्य


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


633
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी यू–१९ प्रिमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको लक्ष्य दिएको छ । 

मलेसियाको बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ ओभर ५ बलमा अलआउट हुँदै ७७ रन बनायो । 

बहराइनका लागि मोहम्मद बासिल अब्दुल हाकिमले  ३४ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । 

नेपालका दीपेश कँडेलले ६ विकेट लिए । यस्तै, दुर्गेश गुप्तानको नाममा ४ विकेट रह्यो । 

समूह ‘ए’ को नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा इरानमाथि २ सय ७४ रनको सानदार जित निकालेको थियो ।

आज जितको खण्डमा नेपालको सेमिफाइनल समीकरण बलियो बन्नेछ । समूहको अन्तिम खेलमा नेपालले कात्तिक २ गते साउदी अरेबियाको सामना गर्नेछ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ११ : ०९ बजे

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर सार्वजनिक

काठमाडौँ- एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा हर्षको ट्रेलर

हेटौँडालाई महिलामैत्री र जलवायु प्रतिरोधी सहरको रूपमा विकास गरिने

बागमती– बागमती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौँडा उपमहानगरपालिकालाई महिलामैत्री र

दलहरूलाई पूर्वराष्ट्रपति यादवको सन्देश : अब चुनावभन्दा दायाँ–बायाँ सोच्ने समय छैन

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्वराष्ट्रपति डा. रामवरण यादवसँग भेटवार्ता गरेका

गुल्मीमा विद्युत् महसुलमा दिँदै आएको अनुदान रकम कटौती

गुल्मी– गुल्मीको मदाने गाउँपालिकाले स्थानीय नागरिक र सामुदायिक खानेपानी योजनाका