देश छाड्न पाकिस्तानले उर्दी गरेपछि अफगान शरणार्थी त्रसित « Khabarhub

देश छाड्न पाकिस्तानले उर्दी गरेपछि अफगान शरणार्थी त्रसित


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काबुल- पाकिस्तानले देश छाड्न उर्दी जारी गरेपछि त्यहाँ रहेका अफगान शरणार्थीहरु त्रसित बनेका छन् । गत अक्टोबर ३ मा पाकिस्तानको कामचलाउ सरकारका आन्तरिक मामिलामन्त्री शरफराज बुग्तीले अफगान शरणार्थीहरुलाई आगामी नोभेम्बर १ सम्म देश छाड्न आदेश दिएका थिए ।

यससँगै त्यहाँ रहेका अफगान शरणार्थीहरुको भविष्य अन्यौल हुन पुगेको अफगानिस्तानको खामा प्रेसले जनाएको छ । पाकिस्तान सरकारले यस वर्ष आफ्नो मुलुकमा भएका २४ मध्ये १४ आत्मघाती आक्रमणमा अफगान नागरिकको संलग्नता रहेको भन्दै काजगजातविहीन अफगान शरणार्थीहरुलाई आफैँ देश छाडेर जान अन्यथा बल प्रयोग गर्ने निर्देशन दिएको छ ।

यद्यपि कस्तो बल प्रयाग गरी कसरी अफगान शरणार्थीलाई स्वदेश फर्काउने भन्ने विषयमा भने इस्लामावादले कुनै विवरण सार्वजनिक नगरेको खामा प्रेसले उल्लेख गरेको छ ।

पाकिस्तान सरकारको यस निर्णयलाई अफगानिस्तानमा शासन चलाइरहेको तालिबान सरकारमाथि दबाब बढाउने रणनीतिका रुपमा हेरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआरका अनुसार पाकिस्तानमा हाल ३७ लाख अफगान शरणार्थीहरुको बसोबास छ । यीमध्ये केबल १४ लाख अफगान शरणार्थीमात्रै औपचारिक रुपमा दर्ता भएका छन् । यूएनएचसीआरले पाकिस्तानलाई आफ्नो निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : ५४ बजे

थर्पु अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन

दमौली– जिल्लाको म्याग्दे गाउँपालिका-४ स्थित थर्पु अस्पतालमा नियमित आँखा उपचार

भारतीय सहयोगमा निर्मित संखुवासभाको चिचिलास्थित विद्यालय भवन उद्घाटन

काठमाडौं- संखुवासभाको चिचिला गाउँपालिका ३ मा अवस्थित दिदिङ आधारभूत विद्यालयको

वीर अस्पतालका फेलोसिप चिकित्सकलाई निर्वाह भत्ता

काठमाडौं– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)अन्तर्गत सञ्चालन भइरहेका विभिन्न विषयका

कुमारी बैंक र वीनरक इन्टरनेशनलबीच सम्झौता

काठमाडौं– कुमारी बैंक लिमिटेडले उद्यमशीलता विकास तथा वित्तीय पहुँच विस्तारका

सचिवमा पराजित भएका ठाकुर गैरे र गोकुल बास्कोटा केन्द्रीय सदस्यमा बिजयी

काठमाडौं– एमाले पार्टीको केन्द्रीय सचिवमा हार व्यहोरेका ठाकुर गैरे र