अटो दुर्घटना हुँदा सात जना घाइते « Khabarhub

अटो दुर्घटना हुँदा सात जना घाइते


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको मुसिकोट नगरपालिका३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा१ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका–५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका–१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहेका छन्।

घाइते मध्य विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ। उनी र उनका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : २३ बजे

भक्तपुरको सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको बिस्का : सुरु

भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्का: (बिस्केट) जात्रा

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका