अटो दुर्घटना हुँदा सात जना घाइते « Khabarhub

अटो दुर्घटना हुँदा सात जना घाइते


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमपश्चिम – रुकुमपश्चिमको मुसिकोट नगरपालिका३ मा अटो दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

मुसीकोट नगरपालिका–१ खलङ्गाबाट मुसीकोट नगरपालिका–१३ छिवाङतर्फ जाँदै गरेको रा१ह ६९५२ नम्बरको अटो दुर्घटना भएको हो। दुर्घटनामा भूमि आयोग रुकुमपश्चिमका विज्ञ सदस्य सुशील विष्टसहित सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

घाइते हुनेहरूमा मुसिकोट नगरपालिका–१ का ५० वर्षीय एक्क बहादुर बुढा र २८ वर्षीय राम बहादुर ददेल, मुसिकोट नगरपालिका–५ का ४८ वर्षीय चन्द्र बहादुर बोहरा, मुसिकोट नगरपालिका–१४ का विशाल विष्ट र कपिल विष्ट र रुकुम पूर्वको भूमे गाउँपालिका–५ का दिलीप बिक रहेका छन्।

घाइते मध्य विज्ञ सदस्य विष्टको आँखा, टाउको र घुँडामा चोट लागेको छ। उनी र उनका भाइ कपिल विष्टलाई थप उपचारको लागि काठमाडौं पठाइएको छ। अन्य घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १० : २३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि