कपालमा चाया पर्ने समस्या र यसको उपचार « Khabarhub

कपालमा चाया पर्ने समस्या र यसको उपचार


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


324
Shares
  • change font
  • change font
  • change font

सबै मानिस आफूलाई सुन्दर बनाउने प्रयास गर्छन्। मानिस सुन्दर भएसँगै यसले उसको व्यक्तित्वमा समेत सकारात्मक असर पार्दछ। मानिसको सुन्दरता झल्काउन कपालले महत्त्वपूर्ण भूमिका राख्दछ। मान्छेलाई कपालमा चाया पर्ने समस्याले धेरै पिरोलेको छ। कतिपयले कपाल पुरै खौरिएर यो समस्या समाधान भयो भनेर सोच्नु हुन्छ तर त्यस्तो हुँदैन। कसैलाई टाउकोमा चाया परेको छ भने त्यो कपालको जराबाट नै आउने हो। मानिसको कपालमा जाडो र गर्मी दुवै मौसममा चाया पर्ने गर्दछ। कपालमा चाया पर्ने समस्याका कारण अधिकांश मानिस तनावमा हुने गर्दछन्। कपालको नियमित सफाइ नहुँदा टाउकोमा चाया पर्ने सम्भावना बढी हुन्छ। चाया के कारणले पर्छ ? चाया पर्ने समस्या भए के गर्ने ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि छाला रोग विशेषज्ञ डा. सुदिप पराजुलीसँग गरिएको कुराकानीको सम्पादित अंश :

टाउकोमा चाया पर्ने समस्यालाई हामीले कसरी बुझ्ने ?
चाया पर्ने समस्या भनेको सामान्य अवस्थामा नै हुन्छ। यसलाई हामीले अंग्रेजीमा (सेबोरिक डेरमाटाइटिस) भनिन्छ र सामान्य भाषामा यसलाई नै चाया परेको भनिन्छ। चाया बच्चादेखि बुढो हुँदासम्म नै पर्दछ र यो विशेष गरी युवामा, वृद्धामा र जन्मने बित्तिकैका साना बच्चामा हुन्छ। यो एउटा वंशाणुगत कारणले हुन्छ र त्यसैले जेनेटिक गुण अनुसार कसैमा धेरै हुन्छ र कसैमा कम हुन्छ। हाम्रो टाउकोमा छाला मर्ने र नयाँ पैदा हुनेक्रम निरन्तर चलिरहन्छ। यसरी टाउकोमा छाला मर्ने र नयाँ पैदा हुनेक्रम चलिरहँदा टाउकोमा सेता, मसिना, फुस्रा दाग र धुलो देखिन थाल्छन्। यसैलाई हामी चाया भन्छौँ।

चाया पर्नुको कारण के के हुन्छन् ?
टाउकोमा रहेको बाहिरी छालाका कोष मर्ने र नयाँ पलाउने क्रम चलिरहन्छ। जसले मानिसको टाउकोमा सेतो मसिना फुस्रो दाग तथा कणहरू देखा पर्छन् जसलाई चाया भनिन्छ। चाया पर्नुको कारण कपालको सफाइमा ध्यान नदिनु पनि हो। शरीरमा हुने हर्मोन परिवर्तन र वंशाणुगत गुणले पनि चाया पर्ने हुन्छ। विभिन्न रोग, अखाद्य वस्तुको सेवन तथा कपालमा केमिकलको प्रयोग गर्दा पनि टाउकोमा चाया पर्ने हुन्छ। साथै अत्यधिक तनाव लिने, शारीरिक थकानको काम गर्ने र केही एलर्जीले समेत चाया पर्दछ। कपालमा तेल धेरै हुँदा पनि चाया पर्छ, फंगसको कारण, लामो समयसम्म ननुहाउनुले, यस्तै घाममा धेरै बस्दा, टाउकोमा धेरै पसिना आउने भएमा, टाउकोलाई गुम्स्याएर राख्दा, चाया परेको व्यक्तिको कपाल कोर्ने ब्रस तथा काइँयो प्रयोग गर्दा पनि चाया पर्छ। कपालमा विभिन्न रसायन तथा विद्युतीय उपकरणको अत्यधिक प्रयोग गर्दा पनि चाया पर्छ।

चाया पर्ने समस्या किन कसैलाई बढी र कसैलाई कम हुन्छ ?
चाया दुई तरिकाले आउँछन्। कसैलाई बढी चिल्लोले गर्दा चाया आउँछ र कसैमा फंगसको इन्फेक्सनले चाया आउँछ। फंगसको इन्फेक्सन अरूबाट सर्ने भन्दा पनि आफ्नै शरीरमा त्यो गुणले गर्दा आफै संख्या बढ्छ। कुनै मन्छेलाई एउटा इष्ट भन्ने फंगस हुन्छ। त्यसले गर्दा शरीरले त्यसको विपरीत रियाक्सन देखाउँदा चाया आउने हुन्छ। चिसोमा हामीले बढी तनाव लिँदा आउँछ। ज्वरो आउँदा वा शरीरमा अन्य केही समस्या देखा परेको छ भने पनि चाया देखिन्छ।

कस्तो अवस्थामा चिकित्सकलाई देखाउनै पर्ने हुन्छ ?
कहिले काँही चायाका कारण टाउकोमा घाउ बन्ने समस्या हुन्छ। यस्तै धेरै चिलाउँदा पनि समस्या हुन्छ। टाउकोमा केही भागको छाला खुइलिन थाल्दा पनि तुरुन्तै डाक्टरलाई देखाउनुपर्छ। कपाल निरन्तर धेरै मात्रामा झर्न थाल्यो भने छाला रोग विशेषज्ञलाई देखाउनुपर्छ। यसरी जाँच गराउँदा त्यसको अवस्था, गहिरो प्रभाव तथा कुन किसिमको उपचार गर्ने भनेर सहज हुन्छ। अन्यथा धेरै सकस हुन्छ।

चायाबाट बच्ने उपाय के के हुन् ?
टाउको कम्तीमा हप्तामा तीन पटक नुहाउने, नुहाउनुभन्दा पहिला तेल लगाउने, धेरै घाममा खाली टाउको नबस्ने, सुख्खा हुन नदिन नुहाएपछि नरिवलको तेल वा सेरम लगाउने गर्नुपर्छ। धेरै चाया परेको छ भने दिनदिनै नुहाउने, राम्रो खालको स्याम्पुको प्रयोग गर्नुपर्छ। धेरै स्याम्पु परिवर्तन नगर्ने, सेल्सन, किटेकोनाजोल स्याम्पुको प्रयोग गर्ने, नुहाउँदा नियमित रूपमा एउटै स्याम्पुको प्रयोग गर्नु राम्रो हुन्छ।

चाया परेको व्यक्तिले प्रयोग गर्ने काइयो, तौली, हेलमेट अरूले प्रयोग गर्नु हुँदैन। यसो गरेमा चाया एकबाट अर्कोमा सर्दै जान्छ। कपडा धुँदा पनि आफ्नो सिरानीको खोल, टोपी छुट्टै राखेर सफा गर्नु निकै राम्रो हुन्छ। हेलमेट समय सयमा धोइराख्ने गर्दा धेरै फाइदा हुन्छ। जैतनको तेल, नरिवलको तेल, तोरीको तेल कपालमा लगाउनुपर्छ। कपालमा नियमित रूपले नवरिलको शुद्ध तेल लगाउँदा पनि चाया हट्छ। धेरै नै चाया आयो भने विशेषज्ञ डाक्टरको औषधि अनिवार्य रूपमा लिनुपर्छ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ०० बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको