चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने « Khabarhub

चक्रपथ विस्तार : एक वर्षपछि निर्माणस्थलमा काम सुरु हुने


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चक्रपथको दोस्रो खण्डको विस्तारका लागि मुख्य लेनमा चिनियाँले काम गर्न अझै एक वर्ष लाग्ने भएको छ । चीन सरकारको सहयोगमा विस्तार गर्न लागिएको कलङ्की–वसुन्धारा सडकको अध्ययनको काम भइरहेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ । अहिले चिनियाँले आफ्नै देशमा विस्तृत परियोजना अध्ययन डिपिआर गरिरहेको महाशाखाका प्रमुख डा विजय जैसीले बताए । अध्ययनका लागि अझै छ महिना लाग्ने र अर्को छ महिनामा ठेक्का भएर काम गर्न लाग्ने उनले बताए ।

उनले भने, “सबै तयारी सकाएर एक वर्षपछि मात्रै भौतिक रुपमा काम हुनेछ ।” अध्ययन सकिएपछि उनीहरुले नै ठेक्का लगाएर काम गर्ने उनले बताए । गत वर्ष नेपाल आएका चिनियाँले कलङ्कीबाट बसुन्धारासम्मको सडकको अध्ययन गरिसकेर निर्माण अघि बढाउने बताएका थिए । चिनियाँले काम सुरु गर्ने समय पहिले नै विभागले मर्मत गर्न खोजेको प्रमुख डा जैसीले बताए ।

मर्मतका लागि विभागले ठेक्का गर्ने उनले बताए । सबैभन्दा छेउको सर्भिस लेनमा धुलो उड्ने समस्या रहेकाले अहिले चक्रपथ विस्तार आयोजना र डिभिजन सडक काठमाडौँले काम गरिरहेको उनले बताए । चक्रपथको पहिलो खण्डमा जस्तै दोस्रोमा पनि मुख्य आठ लेन चिनियाँले बनाउने हो भने त्योभन्दा बाहिरको एक/एक लेन ‘सर्भिस लेन’ सरकारले बनाउने गरी सम्झौता भएको थियो ।

बीचको लेनमा काम सुरु भइनसकेको र त्यसले गर्दा सडक धुलाम्मे भएकाले अहिले छेउमा काम सुरु गरिएको विभागले जनाएको छ । पहिलो चरणको सडक हस्तान्तरण हुनु पहिले नै चिनियाँ पक्षले कलङ्कीबाट बसुन्धरातर्फको सडक निर्माण गर्न इच्छा देखाएको थियो । ‘साइड क्लियर’ नहुँदा निर्माणका क्रममा विभिन्न अवरोध आएकाले निर्धारित समयभन्दा केही ढिला सम्पन्न भएको थियो ।

चिनियाँ पक्षले सडक हस्तान्तरण गर्दासमेत नेपाल सरकारले निर्माण गर्ने भनिएको छेउको लेनमा घरटहरा हट्न सकेको थिएन । सोही अनुभवका आधारमा अहिले पहिले नै निर्माणस्थल खाली गरेर मात्रै निर्माण सुरु गर्ने तयारी गरिएको विभागले बताउँदै आएको छ । चक्रपथको विस्तार भएको सडकमा मुख्य लेन, सहायक र सर्भिस गरेर तीन किसिमका लेन छन् । चिनियाँ सरकारले आठ लेन सडक निर्माण गरेको थियो । सरकारले मुख्य सडकभन्दा बाहिरपट्टी दुवैतर्फ सर्भिस ट्र्याक निर्माण गर्दा यो सडक १० लेन बनेको हो ।

सडकको बीचमा चार लेन मुख्य लेन, त्यस बाहिर दुई÷दुई गरी जम्मा चार लेन रहेको छ । चक्रपथको पहिलो खण्ड ललितपुर र काठमाडौँ गरी दुवै जिल्लामा रहेको छ । दोस्रो खण्ड भने काठमाडौँमा मात्रै रहेको छ । चिनियाँ पक्षसँग पहिले चाबहिल धोबीखोलासम्म सडक विस्तार गर्नेगरी छलफल भएको थियो । स्वयम्भु, महाराजगञ्जलगायतका स्थानमा निर्माणस्थल खाली गराउँदा विभिन्न अवरोध आएपछि कलङ्कीबाट वसुन्धारासम्म सडक विस्तार गर्न लागिएको हो ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ७ : ४१ बजे

चीन–अल्जेरिया अन्तरिक्ष सहकार्य : नयाँ उपग्रह प्रक्षेपण

एजेन्सी – चीनले बिहीबार उत्तरपश्चिम चीनस्थित जिउक्वान उपग्रह प्रक्षेपण केन्द्रबाट

सिजीको ‘तिहार रंगोली फोटो सेयर तथा जित’ प्रतियोगिताका विजेतालाई मेरिडिया साउण्ड बार प्रदान

काठमाडौं– सिजी ब्रान्डले तिहारमा आयोजना गरेको ‘तिहार रंगोली फोटो सेयर तथा

पूर्वराष्ट्रपति युनलाई पाँच वर्ष कैद

एजेन्सी– दक्षिण कोरियाको एक अदालतले शुक्रबार पूर्वराष्ट्रपति युन सुक योललाई

‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र

डुम्रे– पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा

भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छ : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक भएको