काठमाडौँ उपत्यकाका शक्तिपीठमा भक्तजनको घुइँचो « Khabarhub

काठमाडौँ उपत्यकाका शक्तिपीठमा भक्तजनको घुइँचो


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवरात्र सुरु भएदेखि नै काठमाडौँ उपत्यकामा रहेका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

उपत्यकाका नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, सङ्कटा, नरदेवीलगायत विभिन्न मन्दिरमा रङ्गीचङ्गी बत्तीले सजाइएको छ । राष्ट्रप्रमुखले विभिन्न शक्ति पीठको दर्शन गर्ने क्रममा पहिलो पुग्ने शक्तिपीठ नक्साल भगवती मन्दिरमा पनि रङ्गीचङ्गी बत्तीले सजाइएको छ ।

बिहान दर्शनार्थीको बाक्लो उपस्थिति हुने मन्दिरमा साँझ बत्ती बलेपछि झनै उपस्थिति बढ्ने गरेको नक्साल भगवती सामुदायिक सदनका अध्यक्ष सुरेशमान श्रेष्ठले राससलाई जानकारी दिए । उनले भने, “प्रमुख शक्तिपीठमध्येको एक शक्तिपीठलाई स्थानीयले राम्रोसँग संरक्षण गरेका छौँ, अझ दसँैको बेला बढी भक्तजनको उपस्थिति हुने समयमा मन्दिरलाई सरसफाइसँगै आकर्षक बनाउन रङ्गीचङ्गी बत्तीले सजाएका छौँ । जसले गर्दा बिहान मन्दिरमा दर्शन गर्न आउने भक्तजन साँझ फोटो खिच्न आउनुहुन्छ ।”

सोह्र भुजायुक्त देवीको मूर्ति रहेको भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको ठूलो आस्था रहेको मन्दिरका पुजारी निलिक महर्जनले बताए । उनले भने, “दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति भक्तजनको ठूलो आस्था छ ।”

हिजो आज दसैँको समय भएकाले साँझको समयमा त झन मन्दिर साच्चिकै सुन्दर देखिएको प्रशान्त रजकले जानकारी दिए। “मन्दिर सुन्दर देखिएको छ”, उनले भने, भगवती दुर्गाकैरुपमा पुजिने नक्साल भगवतीप्रति काठमाडौँ उपत्यकाका भक्तजनको आस्था रहेको पाइन्छ ।”

यो मन्दिरको स्थापना लिच्छविकालमा भएको किम्बदन्ती रहेको छ । उपत्यकाका नक्साल भगवती, शोभा भगवती र नाला भगवतीमा एकै प्रकारका मूर्ति राखिएका छन् । यी तीनवटी देवीलाई दिदीबहिनी मान्ने चलन रहेको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : १० बजे

वसन्तयामको धौलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन नौ जनाले गरे आरोहण

म्याग्दी– धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरु भएको छ ।

हर्मुज पुनः बन्द गर्ने इरानको निर्णय, इन्धनको विश्वव्यापी मूल्य बढ्ने त्रास

तेहरान – इरानले सामरिक रूपमा निकै महत्त्वपूर्ण मानिने ‘स्ट्रेट अफ

आजदेखि भोजपुर गोल्डकप फुटबल प्रतियोगिता सुरु हुँदै

भोजपुर– नवौँ संस्करणको भोजपुर गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ

आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित

हैदराबाद – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादले चेन्नाई

नेपाली कांग्रेस इतर समूहको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बोलाएको १४औँ