पर्यटनमन्त्रीद्वारा विमानस्थलको आन्तरिक टर्मिनल अनुगमन « Khabarhub

पर्यटनमन्त्रीद्वारा विमानस्थलको आन्तरिक टर्मिनल अनुगमन


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) को आन्तरिक टर्मिनलको अनुगमन गरेका छन् ।

चाडपर्वमा भिडभाड हुने विमानस्थलमा यात्रुले बेहोर्नुपरेको समस्या बुझ्न मन्त्री विमानस्थल पुगेको उनको निजी सचिवालयले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार हवाई टिकट महँगो भएको र विमानस्थलका पसलका व्यापारीले महँगो सामान बेचेको गुनासोका सन्दर्भमा मन्त्री किरातीले अनुगमन गरेका हुन् ।

त्यसैगरी मन्त्री किरातीले दसैँ, तिहार, छठलगायत चाडपर्वमा विगतका वर्ष झैँ यस वर्ष पनि हवाई भाडा महँगो भएको यात्रुको गुनासो आएपछि आज एयरलाइन्सका प्रतिनिधिसँग छलफल गरेका छन् ।

मन्त्रालयमा भएको छलफलमा हवाई भाडा घटाउन व्यवसायी सहमत भएको मन्त्रालयले जनाएको छ । महँगो वर्गको टिकट सङ्ख्या बिक्रीको प्रतिशत कम गरी कम मूल्य वर्गको टिकट बिक्री बढाउँदै जाने र काठमाडौँ बाहिरबाट फर्कने आन्तरिक उडानमा हवाई भाडादर घटाउँदै जाने सहमति भएको जनाइएको छ ।

विमानस्थलका पसलका व्यापारीले महँगोमा सामान बेचेको यात्रुको गुनासो गरेका थिए । मन्त्री किरातीले सामानमा एमआरपी मूल्य कायम गर्न आग्रह गरेका थिए। उनले म आफू अर्को पटक आउँदा यस्तै गुनासो आए कारबाही गर्ने चेतावनी दिए।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  ९ : ५१ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने