घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ « Khabarhub

घुस लिएको आरोपमा नापीका कर्मचारीसहित दुई पक्राउ


२९ आश्विन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

झापा –सेवाग्राहीसँग घुस लिएको आरोपमा नापी कार्यालय झापाका एक कर्मचारीसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयका सर्वेक्षक देवनारायण ठाकुर र विचौलिया उमेश यादवलाई रु एक लाख २५ हजार घुस रकमसहित भद्रपुरबाट पक्राउ गरेको आयोगका प्रवक्ता भोला दाहालले बताए ।

उनका अनुसार जग्गा कित्ताकाट गरेबापत उनीहरुले सेवाग्राहीसँग घुस रकम मागेको विशेष सूचनाका आधारमा अख्तियारको टोली झापा आएको थियो । भद्रपुर नगरपालिका– ७ स्थित विचौलिया यादवको पूजा फलफूल पसलमा सेवाग्राहीसँग नगद रु ७० हजार र ५५ हजारको चेकसहित रु एक लाख २५ हजार घुस रकम लिइरहेका अवस्थामा उनीहरु पक्राउ परेको प्रवक्ता दाहालले बताए ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि इटहरी कार्यालय लगिएको उनले जानकारी दिए । उनीहरुलाई मङ्गलबार नै आयोगको केन्द्रीय कार्यालय काठमाडौँमा पठाइने उनको भनाइ छ ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार  १० : ३२ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार