रियल मड्रिडले पोग्वालाई भित्र्याउला ? « Khabarhub

रियल मड्रिडले पोग्वालाई भित्र्याउला ?


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएको सिजनमा कमजोर प्रदर्शन गर्दै उपाधि बिहीन भएको स्पेनिस महारथि रियल मड्रिड यो सिजनको सरुवा बजार सकिन १५ दिनमात्रै बाँकी रहँदा पनि टिममा नयाँ खेलाडी अनुवन्ध गर्ने लक्ष्यमा रहेको छ । यतिबेला रियलका प्रशिक्षक जिनेदिन जिदान इङ्ग्लिस प्रिमियर लिग क्ल्ब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वालाई टिममा भित्र्याउने योजनमा छन् ।

यो सिजनमा उनले ल्याउन लागेको दोस्रो ठूलो नाम हो । यसअघि रियलले चेल्सीका स्टाइकर इडन हजार्डलाई टिममा भित्रेयाएका थिए ।

यतिबेला रियललाई पोग्वालाई टिममा ल्याउनु छ भने उसले युनाइटेडले मागेको जति ठूलो रकम तिर्न तयार हुनु पर्नेछ । यतिबेला युनाइटेडले विश्व विजेता खेलाडीका लागि १सय८० मिलियन यरोको माग राखेको छ तर, रियलका अध्यक्ष फ्लोरेन्टिन्हो परेज पोग्वा बाट नै रकममा केही छुट खोजिरहेका छन् । जसले तीनवटै पक्षलाई सहज हुनेछ ।

सरुवा बारे शान्त रहेका पोग्वाले यो सिजनको सुरुवात मै नयाँ चुनौति सामना गर्न तयार रहेको बताइसकेका छन् । रियलका प्रशिक्षक जिदान पोग्वाका समर्थक हुन भन्ने कुरा लुकेको छैन् । तर, उनका लागि पोग्वालाई भित्र्याउन पनि निकै कठिनाइ छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १२ : ३३ बजे

संरचना नष्ट भएपछि बाल सुधार गृहका सबै बालबिज्याइँकर्ता हिरासतमा स्थानान्तरण

भक्तपुर– भक्तपुरको सानोथिमिस्थित बाल सुधार गृह बस्ने नमिल्ने गरी ध्वस्त

बिहेपछि नायिका पूजाको आइटम डान्स !

काठमाडौं – नायिका पूजा शर्मा फिचर्ड आइटम डान्स खिचेपछि फिल्म

नेपालगञ्ज भन्सारमा ६ महिनामा नौ अर्ब ३४ करोड राजस्व सङ्कलन

राँझा– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६

स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान

जुम्ला–  जुम्लाका किसान यो याममा स्याउका बगैँचा काँटछाँट तथा स्याउका बगैँचा

गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउन विश्वप्रकाशको प्रस्ताव

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी फागुन २१ गतेको