पाल्पाको रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण « Khabarhub

पाल्पाको रामपुरमा गाउँबस्तीबाटै सामाजिक भत्ता वितरण


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

पाल्पा– पाल्पाको रामपुर नगरपालिका–१ का ७५ वर्षीय शेयरबहादुर खाण एक दिनको समय बिताएर बैंकमा पालो पर्खेर सामाजिक सुरक्षा भत्ता बुझ्ने गर्थे । उनलाई भत्ता बुझ्न रामपुर बेझाडस्थित बैंकमा नपुगेसम्म अर्को विकल्प थिएन ।

बैंकमा पालो पर्खेर रकम लिन उनले निकै समस्या झेल्नुपथ्र्यो । अहिले भने घण्टौँ समयसम्म बैंकमा पुगेर भत्ता बुझ्ने झन्झटबाट खाण मुक्त भएका छन् । पाल्पाको रामपुर नगरपालिकाले गाउँबस्तीमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेपछि उनी खुसी छन् ।

बैंकमा धेरै समय लगाएर पालो पर्खेर भत्ता बुझ्नुपर्ने, गाउँको बाटो गाडीमा आउनजान निकै समस्या, भत्ता बुझ्ने समय आएपछि बैंकसम्म कसरी पुग्ने भन्ने समस्याले निकै पिरोल्थ्यो, अब गाउँबाट भत्ता पाइने भएपछि हामी ज्येष्ठ नागरिकलाई आनन्द भयो’, उनले भने।

आर्थिक अवस्था नाजुक भएका र शारीरिकरूपमा कमजोर बनेका नागरिकलाई गाडीमा धेरै रकम खर्चेर बैंकमा आवतजावत गर्न समस्या छ । वडा नं १ का स्थानीयले रामपुरको बेझाड बजारसम्म बैंकमा पुग्नमात्रै एकतर्फी दुई सयदेखि तीन सयसम्म गाडी भाडामा खर्चनुपर्छ ।

बैंकमा भत्ता बुझ्न जान भनेको समयमा गाडी नपाउनु, पानी परेका समय गाउँका कच्ची सडक बन्द हुने, गाउँमा पाकापुस्ताको मात्रै बसोबास रहेकाले बैंकसम्म पुगेर भत्ता बुझ्ने कार्य ज्येष्ठ नागरिकलाई सास्ती छ । 

कतिपय परिवारमा अशक्त, ज्येष्ठ नागरिक, बिरामी व्यक्तिलाई बैंकसम्म लैजाने आफन्त नहुँदा उनीहरूले अप्ठ्यारो परिस्थितिमा निकै कष्टसँग भत्ता बुझ्न विवश थिए ।

गाउँबाट भत्ता बुझ्न पाउने व्यवस्था रामपुर नगरपालिकाले गरेपछि स्थानीय सरकार साँच्चिकै जनताको सरकार रहेको अनुभूति भएको खगिसरा खाम्चा बताउँछन् । यसअघि भत्ता बुझ्न पाउँदाको खुसीभन्दा पनि कसरी बैंकसम्म पुगेर घर फर्कने भन्ने पिरोल्ने गरेको खाम्चाको भनाइ छ ।

जनतासँग प्रत्यक्ष जोडिएको स्थानीय सरकार भएकाले उनीहरूलाई आफ्नै गाउँठाउँबाट सेवा दिने उद्देश्यले गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगरप्रमुख रमणबहादुर थापाले बताए ।

नगरको वडा नम्बर १ को चार स्थानबाट भत्ता वितरण भइरहेको छ भने दसैँअगावै वडा नम्बर १० मा पनि गाउँबस्तीबाटै सामाजिक सुरक्षा भत्ता वितरणको काम सक्ने, दसैँ पछाडि वडा नम्बर ९ मा वितरण गर्ने नगरपालिकाले जनाएको छ ।

ज्येष्ठ नागरिक, ज्येष्ठ दलित, एकल महिला, अपाङ्गता भएका व्यक्ति, दलित बालपोषण भत्ता गाउँबाटै बुझ्न पाउँदा स्थानीय उत्साहित छन् ।

नगरपालिकाले वडा–वडाबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि कृषि विकास बैंक शाखा कार्यालय रामपुरसँग सम्झौता गरी गाउँबस्तीमा कर्मचारी खटाएर काम गरिरहेको रामपुर–१ का वडाध्यक्ष तथा नगर प्रवक्ता कपिलबहादुर खाणले बताए । 

भत्ता वितरण गर्नुअघि कृषि विकास बैंक रामपुर शाखाले वडाका विभिन्न टोलबस्तीमा पुगेर बैंक खाता खोल्ने काम सम्पन्न भएपछि मात्रै भत्ता वितरणको काम सुरु भएको हो । नगरपालिकाले बैंकको पहुँचदेखि टाढा रहेका वडाबाट यस अभियानको थालनी गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : ०० बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका