बेमौसमी वर्षाले धानमा क्षति | Khabarhub Khabarhub

बेमौसमी वर्षाले धानमा क्षति


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीमा बेमौसमी वर्षाले धानमा क्षति गरेपछि किसान दुःखी भएका छन् । धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले धानबालीमा क्षति गरेपछि किसान चिन्तित बनेका हुन् ।

टीकापुरका किसान निर्मल विकले काटेर सुकेको धान पानीमा भिजेको बताए । पानी पर्ने सूचना पाएपछि धान थेसरिङ गर्ने (दाउने) तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिजेको हो । ‘ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन’, उनले भने, ‘हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको छ ।’

अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन् । वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति गरेको छ ।

कैलालीको किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन् । कैलालीमा अधिकांश किसानले धान काटेको, अधिकांशको काट्न बाँकी छ । यस्तो बेलामा आएको वर्षाले किसान खुसी हुनसकेका छैनन् ।

टीकापुर–४ का किसान विपिन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएको बताए । ‘किसान दिनभरि तनावमा रह्यौँ, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्’, उनले भने, ‘अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो ।’ 

वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन् । कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : ५२ बजे

कोशी र बागमतीका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको

टप टी-२० सिरिज: आज होबर्ट हुरिक्यान्ससँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

मलाइका अरोराले खुलाइन् असफल विवाह, प्रेमप्रतिको विश्वास र अनुभव

काठमाडौं – बलिउड अभिनेत्री मलाइका अरोराले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर

कानून र अर्थसमितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ

ट्रम्पले गरे युक्रेनको सुरक्षा ग्यारेन्टीबारे छलफल, पुटिनसँग अर्को बैठकको तयारी

वासिंगटन डिसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस–युक्रेन युदबारेमा युक्रेनी