ओलीले बेलायती प्रधानमन्त्री भन्दै ट्वीटरबाट अरुलाई नै बधाई दिएपछि… « Khabarhub

ओलीले बेलायती प्रधानमन्त्री भन्दै ट्वीटरबाट अरुलाई नै बधाई दिएपछि…


९ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका नवनियुक्त प्रधामन्त्री बोरिस जोन्सनभन्दै अरु नै बधाई दिएपछि सामाजिक सञ्जालमा हासोका पात्र बनेका छन् ।

बेलायतका नवनियुक्त प्रधानमन्त्री जोन्सनभन्दै अरु कसैको ट्वीटर ‘ह्याण्डल’लाई मेन्सन गरेर प्रधानमन्त्री ओलीले बधाई दिएको केही समयपछि त्यसलाई डिलिट गरेर सही ह्याण्डललाई मेन्सन गरेर पुन: ट्वीट गरिएको छ। ट्वीटमा गल्ती भएको पत्तो पाएको करीब १० मिनेटमा ट्वीट डिलिट गरेर अर्को ट्वीट गरिएको पाइएको छ ।

तस्वीर श्रोत– सामाजिक सञ्जाल

प्रधानमन्त्री ओलीले सुरुमा मेन्सन गरको ह्याण्डलबाट जम्मा ४ जनालाई फलो गरिएको छ भने ८ जनाले मात्रै फलो गरेका छन् । उता प्रधानमन्त्री जोन्सनको भेरिफाइड अकाउन्टलाई लगभग ७ लाख ५० हजार जनाले फलो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्ने गरेको आफ्नो व्यक्तिगत ट्वीटर ह्याण्डल ‘@kpsharmaoli’बाट बेलायतका प्रधानमन्त्री भनेर सम्बोधन गर्दै ‘@borisjonson’ ह्याण्डलमा मेन्सन गरेर ट्वीट गरिएको थियो । तर उक्त ह्यान्डल बेलायती प्रधानमन्त्री बेरिसको नभइ अरुकै भएको थाहा भएपछि त्यसलाई डिलिड गरिएको हो । बेलायती प्रधानमन्त्री बोरिसको ट्वीटर ह्याण्डल ‘@borisjohnson’ हो ।

प्रधानमन्त्रीको सचिवायले यति सानो कुरामा पनि ख्याल गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहीबार  १ : १८ बजे

बुद्ध हिमाल हिमालचुली ग्रेट लेक्स सर्किटको नयाँ पदमार्गको विकास

काठमाडौं– गोरखा र लमजुङका पाँच स्थानीय तहलाई समेटेर बुद्ध हिमाल

मौन पीडामा रहेकी कालिमायाको याचना …

दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन

दक्षिण अफ्रिकाको बारमा गोलीकाण्ड : ९ जनाको मृत्यु, १० घाइते

जोहान्सबर्ग– दक्षिण अफ्रिकाको जोहान्सबर्ग नजिकैको बेक्कर्सडालमा शनिबार बिहान अज्ञात हथियारधारीहरूले

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन– नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या यहाँ

पनौतीमा ‘भृकुटी’को जन्मघर तथा उद्यान निर्माण गरिने

काभ्रे– काभ्रेको पनौतीमा राष्ट्रिय विभूति भृकुटीको जन्मघर र उद्यान निर्माण