काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु « Khabarhub

काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काभ्रेमा रोकिराखेको गाडीमा स्कुटर ठोक्किँदा चालकको मृत्यु भएको छ।

मंगलबार साँझ साढे ५ बजे पनौती नगरपालिका – १० दाहालटारमा रोकिराखेको बा ७ च ६२७७ नम्बरको बोलेरोमा बा ६५ प ७१३९ नम्बरको स्कुटर ठोक्किएको हो।

दुर्घटनामा स्कुटर चालक पनौती नगरपालिका–७ बसपार्क बस्ने १६ वर्षीय इरोज ताम्राकारको मृत्यु छ।

दुर्घटनापछि उनी र स्कुटर पछाडि सवार १७ वर्षीय सुबोध श्रेष्ठ घाइते भएका थिए। उनीहरूको उपचारको लागि धुलिखेल अस्पतालमा लगिएको थियो। त्यहाँ उपचारको क्रममा इरोज ताम्राकारको पौने ७ बजे मृत्यु भएको हो।

प्रहरीले दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ९ : १२ बजे

उत्तर कोरियाको आणविक पनडुब्बीमा प्रगति

एजेन्सी – उत्तर कोरियाले आणविक–सञ्चालित पनडुब्बी निर्माणमा उल्लेखनीय प्रगति गरेको

राप्रपा नेपालले पुस १५ गते केन्द्रीय समिति बैठक बोलायो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) ले आगामी पुस

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा