खलिस्तानी पृथकतावादी पन्नुनले हमासको समर्थन गरेपछि क्यानाडाका हिन्दू समुदाय चिन्तित « Khabarhub

खलिस्तानी पृथकतावादी पन्नुनले हमासको समर्थन गरेपछि क्यानाडाका हिन्दू समुदाय चिन्तित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- क्यानाडामा रहँदै आएका खलिस्तानी पृथकतावादी नेता गुरुपतवन्त सिंह पन्नुनले प्यालेस्टाइनी आतंकवादी समूह हमासको समर्थन गरेको भन्दै क्यानाडाका हिन्दू समुदायले चिन्ता व्यक्त गरेका छन् ।

हिन्दू फोरम अफ क्यानाडा (एचएफसी) ले क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्लांकलाई सम्बोधन गर्दै लेखेको पत्रमा पन्नुनले आतंकवादी समूह हमासको सर्मथन गरेको र भारतीय वाणिज्य दूतावासमाथि आक्रमण गर्ने धम्की दिएको भन्दै उनीविरुद्ध तत्काल कारवाही गर्न माग गरिएको छ ।

खलिस्तानी गतिविधिमा सक्रिय रहँदै आएका पन्नुनले क्यानाडासहित जी ७ मा रहेका भारतीय दूतावास बन्द गरिदिने धम्की दिएका थिए ।

यस्ता गतिविधि असह्य रहेको भन्दै फोरमले कुनै किसिमको घृणा फैलाउने र हिंसालाई प्रोत्साहन गर्ने गतिविधि नियन्त्रण गर्न क्यानाडा सरकारसमक्ष आग्रह गरेको छ ।

यसबाहेक पन्नुन र उनको ‘सिख फर जस्टिस’ नामक समूहले क्यानाडामा रहेका हिन्दूहरुको विरुद्धमा अभिव्यक्ति दिने गरेको र यसबाट क्यानाडामा रहेका हिन्दू समुदाय आतंकित भएको फोरमको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ०३ बजे

इंग्लिस प्रिमियर लिग : ब्रेन्टफोर्डमाथि म्यानचेस्टर सिटीको जित, उपाधिको आशा जिवितै

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित हात

बगरमा पसिना, राजमार्गमा बजार, मुक्तकमैयाको फेरिएको दिनचर्या

कञ्चनपुर- पूर्वपश्चिम महेन्द्रराजमार्ग भएर गुड्ने सवारीसाधन केहीबेरका लागि कृष्णपुर नगरपालिकाको

हरेक रात आउन थाले हात्तीको बथान, बाहुनडाँगीमा त्रास

झापा- भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान

सप्तरीको वभनगामा आगलागी : १२ घरगोठ जलेर नष्ट

सप्तरी– सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी

रास्वपाको सचिवालय बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आज