खलिस्तानी पृथकतावादी पन्नुनले हमासको समर्थन गरेपछि क्यानाडाका हिन्दू समुदाय चिन्तित « Khabarhub

खलिस्तानी पृथकतावादी पन्नुनले हमासको समर्थन गरेपछि क्यानाडाका हिन्दू समुदाय चिन्तित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

टोरन्टो- क्यानाडामा रहँदै आएका खलिस्तानी पृथकतावादी नेता गुरुपतवन्त सिंह पन्नुनले प्यालेस्टाइनी आतंकवादी समूह हमासको समर्थन गरेको भन्दै क्यानाडाका हिन्दू समुदायले चिन्ता व्यक्त गरेका छन् ।

हिन्दू फोरम अफ क्यानाडा (एचएफसी) ले क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्लांकलाई सम्बोधन गर्दै लेखेको पत्रमा पन्नुनले आतंकवादी समूह हमासको सर्मथन गरेको र भारतीय वाणिज्य दूतावासमाथि आक्रमण गर्ने धम्की दिएको भन्दै उनीविरुद्ध तत्काल कारवाही गर्न माग गरिएको छ ।

खलिस्तानी गतिविधिमा सक्रिय रहँदै आएका पन्नुनले क्यानाडासहित जी ७ मा रहेका भारतीय दूतावास बन्द गरिदिने धम्की दिएका थिए ।

यस्ता गतिविधि असह्य रहेको भन्दै फोरमले कुनै किसिमको घृणा फैलाउने र हिंसालाई प्रोत्साहन गर्ने गतिविधि नियन्त्रण गर्न क्यानाडा सरकारसमक्ष आग्रह गरेको छ ।

यसबाहेक पन्नुन र उनको ‘सिख फर जस्टिस’ नामक समूहले क्यानाडामा रहेका हिन्दूहरुको विरुद्धमा अभिव्यक्ति दिने गरेको र यसबाट क्यानाडामा रहेका हिन्दू समुदाय आतंकित भएको फोरमको भनाइ छ ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  २ : ०३ बजे

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र