दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित « Khabarhub

दक्षिण अफ्रिकाविरुद्ध नेदरल्याण्ड्सको ऐतिहासिक जित


३० आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – एकदिवसीय विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक जित हात पारको छ । मंगलबार धर्मशालामा भएको खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेको हो ।

वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा २ सय ४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए । त्यस्तै केशव महाराजले ४०, हेनरिच क्लासेनले २८, जेराल्ड कोट्जीले २२ तथा क्वीनटन डी ककले २० रन बनाए ।

नेदरल्याण्ड्सका लागि लोगन भान विकले ३ तथा पाउल भान मिकरेन, रोलफ भान डर मर्वे र बास डी लिडले २–२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २ सय ४५ रन बनाएको थियो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्डस्ले सर्वाधिक ७८ रन बनाए । त्यस्तै रोलफ भान डर मर्वेले २९, अजय दत्तले २३ तथा तेजा निदामानुरुले २० रन बनाए ।

दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी, मार्को जानसेन र कागिसो रबाडाले २–२ विकेट लिए भने जेराल्ड कोटजी र केशव महारजले १–१ विकेट लिए ।

प्रकाशित मिति : ३० आश्विन २०८०, मंगलबार  ११ : ३४ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी