बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा « Khabarhub

बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा


१ कार्तिक २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)  मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १०औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गरेका हुन् ।

बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सिको केन्द्रीय स्तम्भ हो जसमा बेइजिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संसाधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् । 

तर गरिब मुलुकहरूमा यसले ऋणको भारी बोकाउने भन्दै यसको आलोचना पनि हुँदै आएको छ । बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैंक र एक्स्पोर्ट–इम्पोर्ट बैंकले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गरे । 

उनले दुवै बैंकले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताए । उनका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ । 

सन् २०१३ मा बीआरआई सुरु भएयता बेइजिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए । 

प्रकाशित मिति : १ कार्तिक २०८०, बुधबार  २ : २९ बजे

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक

राष्ट्रिय पाठ्यक्रम प्रारूप समयसापेक्ष बनाउने तयारी, प्रतिवेदनलाई प्राथमिकता

काठमाडौं – विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ लाई समयसापेक्ष

गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो

गण्डकी – यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण

देउवा आएलगत्तै कांग्रेसमा दुई सभापति, सानेपालाई चुनदेवीबाट चुनौती

काठमाडौं- नेपाल फर्किएलगत्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीमा समानान्तर गतिविधि अगाडि